विद्युतीय कारोवार गर्न बैंकर्स संघको आग्रह

 

काठमाडौं । नेपाल बैंकर्स संघले कोरोनाको कहरबीच सुरक्षित तरिकाले विद्युतीय कारोवार गर्न नागरिकलाई आग्रह गरेको छ । संघको बिहीबारको बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “ डिजिटल बैंकिङ प्रयोग गर्दा कुनै समस्या आएमा वा सहयोग आवश्यक परेको खण्डमा सम्बन्धित बैंकमा फोन वा इमेलमार्फत सम्पर्क गर्न सकिने छ ।”

यस्तै बैंकका सबै एटिएम खुला रहनाका साथै बैंकका कल सेन्टरसमेत कार्यालय समयभर उपलब्ध हुने जानकारी गराइएको छ । ग्राहकको स्वास्थ्यलाई ध्यानमा राख्दै शाखामा भीडभाड नगर्न तथा जोखिम कम गर्न निषेधाज्ञा अवधिभरका लागि बैंकका शाखामार्फत केही सेवा भने निरन्तर रहने संघले जनाएको छ ।

jutta mela

संघले खाताबाट रकम झिक्ने र नगद जम्मा गर्ने काम रु पचास हजारभन्दा माथि मात्रै हुनेछ । यस्तै रकम स्थानान्तरण, विप्रेषण भुक्तानी र अन्तरराष्ट्रिय व्यापारका लागि आवश्यक सहजीकरण गरिने जनाइएको छ । संघले घरबाटै कारोवार गर्न तथा आफू र अरुलाई पनि सुरक्षित राख्न आग्रह गरेको छ ।

You might also like

Comments are closed.