काठमाडौंमा दोस्रो एनसीआईके ‘डिजिटल एक्सपो नेपाल २०२५’ असारदेखि सुरु हुने

काठमाडौं  । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँ ले “नेपाली बजारको डिजिटलीकरणमार्फत नेपालको आर्थिक रूपान्तरण” भन्ने अभियानअन्तर्गत दोस्रो “एनसीआईके डिजिटल एक्सपो नेपाल २०२५” को आयोजना गर्न लागेको छ। डिजिटल व्यापार मेला २०७२ असार २० गते देखि सुरु हुनेछ।

नेपाल उद्योग वाणिज्य महासंघसँग आबद्ध यस संघले निजी क्षेत्रको समग्र विकासका लागि निरन्तर कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। डिजिटल एक्सपो नेपालको आर्थिक, व्यापारिक तथा औद्योगिक रूपान्तरण को दिशामा एक महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

यस एक्सपोले स्थानीय बजार, स्वदेशी उत्पादन तथा अन्तर्राष्ट्रिय प्रविधियुक्त वस्तुहरूलाई एउटै मञ्चमा ल्याउनेछ। साना तथा मझौला उद्यम (क्ःभ्क) र लघु उद्यमीहरूलाई डिजिटल बजारसँग जोड्दै सशक्तिकरण गर्नु प्रमुख उद्देश्य हो।

मेलामा 3D Stall Navigation नामक प्रविधिको प्रयोग गरिनेछ जसबाट सहभागीहरूले घरमै बसेर डिजिटल रूपमा मेला अवलोकन गर्न सक्नेछन्।

संगठनले सबै सरोकारवाला, व्यवसायी, उद्यमी तथा उद्योगप्रेमीहरूलाई स्टल बुकिङ वा प्रायोजनमार्फत सहभागिता जनाउन आग्रह गरेको छ। विस्तृत जानकारीका लागि www.mfncoc.org.np मा भ्रमण गर्न अनुरोध गरिएको छ।

You might also like

Comments are closed.