‘संस्थाको अगाडि व्यक्तिको महत्वकांक्षा र भूमिका गौण हो’

दिलीपराज श्रेष्ठ
पोखरा उद्योग वाणिज्य संघ ६८औं वर्षमा प्रवेश गरेको छ । उद्योगी÷व्यवसायीहरुको हकहितको लागि २०११ साल माघ २५ गते विधिवत् रूपमा स्थापना भएको थियो । स्वर्गीय अमृत प्रसाद शेरचन संघका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो ।

पोखरामा स्थापना भएको यो नै जेठो व्यापारिक सामाजिक संस्था हो । ‘उद्योगी÷व्यवसायीहरुको हकहितको लागि स्थापना भएता पनि यो चेतना र विकासको संवाहक संस्था पनि हो । पोखराको समग्र आर्थिक, सांस्कृतिक तथा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन विकासको लागि पनि संघको भूमिका उत्तिकै महत्वपूर्ण छ ।

पोखरा उद्योग वाणिज्य संघ समग्र पोखराको आर्थिक र सामाजिक विकासको अभियन्ताको रुपमा प्रतिष्थापित एक व्यापारिक संस्था हो । खासगरी पोखराको शैक्षिक जागरणमा संघको भूमिका महत्वपूर्ण मानिन्छ । ‘पोखरामा बालमन्दिर, पृथ्वीनारायण क्याम्पस, पोखरा विश्वविद्यालय लगायतका शैक्षिक संस्था पोखरा उद्योग वाणिज्य संघको आर्थिक सहयोग र अगुवाईमा स्थापना भएका हुन्, संघले आफूलाई कहिल्यै वर्गीय दायरामा मात्र सीमित राखेन बरु यहाँका सबैजसो विकास निर्माणमा सक्दो सहयोग पुर्यायो ।

संघले उद्योगी÷व्यवसायीको हकहित रक्षा गर्ने सिलसिलामा पनि सामाजिक दायित्व पूरा गरी नै रह्यो ।
पोखराको आर्थिक र सामाजिक विकासको अगुवा र सहयात्रीको रुपमा क्रियाशील संस्थालाई अझ मजबूत र सवल रुपले अगाडि बढ़ाउन आजको आवश्यकता हो । यस संस्थामा आवद्ध सदस्य तथा कार्य सम्पादन समिति अझ जिम्मेवार र प्रतिवद्ध बन्नुपर्ने आवश्यकता महसुस मैले गरेको छु ।
पछिल्लो समय संस्थाको तथा सिंगो निजी क्षेत्रको मानमर्दन गर्ने गतिविधि हुने गरेको मैले महसुस गरेको छु । संघको गरिमा घटाउने व्यवहार, कार्य कही कतैबाट नहोस् भन्न चाहान्छु ।

एउटा संस्थामा चुनाव हार्दैमा पराजित मानशिकताबाट ग्रस्त भएर अर्को संस्था खोल्नु, खोल्दा त्यहाँ पनि चुनाव हार्नासाथ अर्को नयाँ संस्था नखोलिएला भन्न सकिन्न । र, संस्था खोलिए पनि बजारमा देखिएका यस्ता प्रवृत्तिबाट सबै व्यवसायी सचेत हुन जरुरी छ । यो प्रवृत्ति पोखरा र गण्डकी प्रदेशको विकासको बाधक पनि हो । संस्थाको अगाडि व्यक्तिको महत्वकांक्षा र भूमिका गौण हो । संस्थालाई शिरमा राखी अब आउने कार्यसमितिले कार्य गरोस् भन्न चाहान्छु ।

पूर्व अध्यक्ष, पूर्व कार्य समिति सदस्य सम्पूर्ण उद्योगी÷व्यवसायीहरुलाई म पूर्व कोषाध्यक्षको हैसियतले संस्थाको गरिमा बचाई राख्न र निजी क्षेत्रको विकास, यस क्षेत्रको व्यावसायिक साथीहरूको हकÞहित र सम्बद्र्धन गर्न सबैसंग अनुरोध गर्दछु । खाली चुनावको समयमा गुटबन्दी निर्माण गरी, राजनैतिक पूर्वाग्रह राखी राजनैतिक पार्टीहरूको झोले कार्यकर्ता जस्तो भएर लाग्नुले पनि संघलाई कमजोर बनाउँदै लगेको अनुभूत गरेको छु । राजनीति भन्दा माथि उठेर निजी क्षेत्रको विकास र संगठनलाई बलियो बनाउन सबै लागुन् र जुटन अनुरोध गर्दछु । संघको उद्देश्य र मर्मलाई बुझिकन समय अनुरूप संस्थालाई अपडेट र अपग्रेड गराउन साथैं एकले अर्काको अस्तित्वलाई रिस्पेक्ट र रेस्पोन्स गर्न र गराउन सम्पूर्ण सदस्य साथीहरूमा अनुरोध गर्दछु । वस्तुगत संघका सदस्यहरूलाई आफ्Þनो व्यवसाय अनुसारको शिप, तालिम, रोजÞगार निर्माण, व्यवसाय आधुनीकरण, विस्तार, स्थानीय उत्पादनमा जोड़, बजारीकरणमा जोड़, नयाँ प्रविधि तथा सीपको प्रयोग जस्ता कार्य गर्न र गराउन लागि संघ लाग्नुपर्ने कुरा अवगत गराउन चाहान्छु ।
जय पोखरा उद्योग वाणिज्य संघ ।

जय निजी क्षेत्र ।
सबैको जय होस् ।
तपाईं सबैको शुभेच्छुक ।
लेखक श्रेष्ठ पोखरा उद्योग वाणिज्य संघका पूर्व कोषाध्यक्ष हुन् ।

lcci
You might also like

Comments are closed.