विदेशी ब्राण्डको लुब्रिकेन्ट्ससँग ‘नेपाल गोल्ड’ले प्रतिस्पर्धा गर्छः मिश्र

दीपेन्द्र मिश्र, प्रवन्ध संचालक, युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिज प्रा.लि

युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिज प्रा.लि. नेपाली ब्राण्ड ‘नेपाल गोल्ड’को उत्पादन सुरु गरिसकेको छ । नेपाली ब्राण्डमा लुब्रिकेन्ट्स र ग्रिज उत्पादन सुरु गरेर देशभर बिक्री वितरण बिस्तार गरिरहेको उद्योगका सन्दर्भमा केन्द्रित रहेर प्रवन्ध सञ्चालक दीपेन्द्र मिश्रसँग हामीले गरेको कुराकानीः

नेपालमा लुब्रिकेन्ट्सको सम्भावना कस्तो छ ?

नेपालमा लुव्रिकेन्ट्सको सम्भावना राम्रो छ । नेपाली बजारमा अहिले करिब ३० प्रतिशत बजार नेपाली लुब्रिकेन्ट्स कम्पनीले लिएका छन् । नेपालमा लुब्रिकेन्ट्स उद्योग पनि खुल्न थालेका छन् । हामीले पनि सम्भावना र आवश्यकता महसुस गरी युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिज प्रा.लि. मार्फत नेपाली लुब्रिकेन्ट्स र ग्रिज उत्पादन सुरु गरिसकेका छौं । आयात प्रतिस्थापनमा नेपाली लुब्रिकेन्ट्स उद्योगहरुको महत्वपूर्ण भूमिका छ । नेपाली उद्योगलाई सरकार, निजी क्षेत्र, उपभोक्ता लगायत सबैले प्रवद्र्धन गर्न जरुरी छ ।

कति लगानीमा उद्योग स्थापना गर्नुभयो ?

युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिज ठूलो क्षमता भएको उद्योग हो । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ हामीले अत्याधुनिक प्रविधिसहित यो उद्योग स्थापना गरेका हौं । उद्योगमा ५० करोड भन्दा बढी लगानी भएको छ । उद्योग धनुषाको ढल्केवरमा छ । नेपालको लुब्रिकेन्ट्स क्षेत्रमा यो उद्योगको योगदान महत्वपूर्ण हुने हामीले विश्वास लिएका छौं । दैनिक १५ हजार लिटर लुब्रिकेन्ट्स र १० हजार किलोग्राम ग्रिज उत्पादन क्षमता उद्योगमा छ ।

उत्पादन गरेर बिक्री वितरण पनि सुरु भइसकेको हो ?

jutta mela

उद्योगले लुब्रिकेन्ट्स उत्पादन शुरु गरिसकेको छ । नेपाल भरको बजारमा बिक्री वितरण पनि शुरु भइसकेको छ । नेपाल गोल्ड ब्राण्डको प्रिमियम लुव्रिकेन्ट्स हामीले बजारमा ल्याएका छौं । हरेक सवारी साधनमा प्रयोग हुने लुव्रिकेन्ट्स हामीसँग छ ।

नेपाल गोल्ड ब्राण्डको लुब्रिकेन्ट्सको विशेषता के छन् ?

यो लुब्रिकेन्ट्स भर्जिन आयलबाट बनेको हो । हाइ क्वालिटीको ग्रिज प्रयोग गरेका छौं । बहुराष्ट्रिय कम्पनीका उत्पादनसँग प्रतिश्पर्धा गर्ने लुब्रिकेन्ट्स हामीले उत्पादन गर्न सफल भएका छौं । आधुनिक प्रविधिको प्रयोग गरी लुब्रिकेन्ट्स उत्पादन गर्छौं र आवश्यकता अनुशार अपग्रेड पनि गर्छौं । हामीसँग उद्योगमा दक्ष प्राविधिक हुनुहन्छ । हामीले उत्पादन गरेको लुब्रिकेन्ट्स गुणस्तरीय छ । कुनै समस्या देखिएमा ग्राहकले हामीसँग सिधै सम्पर्क गर्नसक्नुहुन्छ । ग्राहकको सेवामा हामी सधैं हाजिर छौं ।

डिलर नेटवर्कको अवस्था कस्तो छ ?

देशभर करिव २ सय भन्दा धेरै डिलर नेटवर्कबाट हामीले यसको बिक्री वितरण गरिसकेका छौं । आवश्यकता अनुसार डिलर बृद्धि हुनेछ । देशभर यो लुब्रिकेन्ट्सको मार्केट दिनप्रतिदिन बृद्धि हुनेमा हामी विश्वस्त छौं ।

You might also like

Comments are closed.