स्पेयर्स पार्टस् अति आवश्यकीय बस्तुमा पर्छः मिश्र (अन्तर्वार्ता)

दीपेन्द्र मिश्र, सञ्चालक, सत्यदीप इन्टरनेशनल प्रा.लि.

पछिल्लो समय आर्थिक क्षेत्रमा देखिएको मन्दी, बैंकिङ क्षेत्रमा भएको ब्याजदर बृद्धि, सरकारको नीति अटोमैत्री नहुनु, अटो लोनमा कडाइ लगायतका कारणले अटोबजारमा मन्दी आएको छ । स्पेयर्स पार्टस्को बिक्रीमा पनि ५० प्रतिशत भन्दा बढी गिरावट भएको व्यवसायीहरु बताउँछन् । यसैक्रममा समग्र अटोबजारमा केन्द्रित रहेर सत्यदीप इन्टरनेशनल प्रा.लि.का सञ्चालक दीपेन्द्र मिश्रसँग आर्थिक आवाजले गरेको कुराकानीः

लामो समयदेखि स्पेयर्स पार्टस्को व्यवसायमा आवद्ध हुनुहुन्छ । कोभिड, कोभिड पछिको आर्थिक मन्दीमा समग्र नेपालको स्पेयर्स पार्टस् व्यवसायको अवस्थाको कस्तो छ ?

कोभिड अगाडि पनि भारतले लगाएको अघोषित नाकाबन्दीको कारण हामी प्रभावित भएकै थियौं । त्यसबेला डिजेल, पेट्रोल पनि पाउने अवस्था थिएन । त्यसपछि केही सहज अवस्था आउन लागेको थियो, फेरि कोभिडले आएर ठूलो धक्का दियो । कोभिडसँगसँगै फेरि युक्रेन रसियाको द्वन्द्वबाट फ्युलको मूल्यमा बृद्धि, आर्थिक मन्दी लगायतका कारणले अहिले हाम्रो अटो पार्टस् व्यवसाय लगायत समग्र अटोमोबाइल्स व्यवसाय असहज अवस्थामा छ । बजारमा माग नै ५० प्रतिशत भन्दा बढीले घटिसकेको अवस्था छ ।

jutta mela

व्यापार घट्नुको मुख्य कारण अहिलेको आर्थिक मन्दी नै हो ?

मुख्य कुरा हाम्रो स्पेयर्स पार्टस् भनेको मुभमेन्टसको आधारमा खपत हुने हो । मोटर साइकल कुदेपछि, ट्रक बस गुडेपछि हाम्रो व्यापार हुने हो । ट्रक बसको मुभमेन्ट नै घटेको छ । सिमेन्ट, छड उद्योगहरुले उत्पादन घटाएको अवस्था छ भने निर्माण क्षेत्रमा पनि मन्दीको समस्या छ । मुभमेन्टमा आधारित ट्रककै विजनेश पनि एकदमै घटेर गएको छ । मोटरसाइकलको मुभमेन्ट पनि पहिलाको जस्तो छैन । त्यसकारण पनि स्पेयर्स पार्टस्को व्यापारमा निकै कमी आएको अवस्था छ ।

अटोमोवाइल व्यवसायमा स्पेयर्स पार्टस्को महत्व कस्तो छ ?

औषधि जस्तै महत्व छ स्पेयर्स पार्टसको । किनभने अफिसबाट घर अथवा अन्य ठाउँमा जाँदा एउटा गाडी अथवा मोटरसाइकल प्रयोग गर्नुभयो भने त्यो बाइकको मुभमेन्टको लागि पनि चाहिने भनेको स्पेयर्स पार्टस् नै हो । अति आवश्यकीय कुराहरुमा स्पेयर्स पार्टस् पर्छ । कोभिड कालमा हामी के कुरा बुझ्यौं भने कोभिडमा जब हामी बन्द अवस्थामा थियौं, त्यसबेला पनि जब केही न केही अत्यावश्यकीय एम्बुलेन्सहरु लगायत खाद्यान्न ढुवानीको लागि चाहिने ट्रक बसहरु थियो । लकडाउनको बेलामा पनि उहाँहरुलाई खोजीखोजी सामान चाहिएको थियो । किनभने त्यो औषधी पु¥याउन, खाद्यान्न पु¥याउन त्यही गाडी चाहिएको थियो । सरकारले हामीलाई घुम्न निस्कन नदिए पनि लुकेर आएर हामीले सामान दिनुपर्ने अवस्था थियो । यसकारण राज्यले पनि बुझ्न जरुरी छ अतिआवश्यकीय वस्तुमा स्पेयर्स पार्टस् परिसकेको छ ।

देशभरमा स्पेयर्स पार्टस्का व्यवसायीहरुको संख्या कति होला ?

नाडामा मात्रै पनि ३२÷३३ सय मेम्बरहरु पुुगिसकेको छ । तर, मलाई लाग्छ यसले पनि सबैलाई समेटेको छैन । ४५ सय देखि ५ हजार जति व्यवसायी स्पेयर्स पार्टस्को व्यवसायमा आवद्ध रहेको बुझिन्छ । वर्कसपका लागि छुुुट्टै गणना गर्नुपर्छ । मोटरसाइकलको मोटामोटी १२÷१५ हजार अनि कारलगायका गाडीहरुको २० हजार वर्कसप व्यवसायी छन् ।

यो क्षेत्रमा प्रतिस्पर्धा कस्तो छ ?

यहाँ आन्तरिक प्रतिस्पर्धा भन्दा पनि खुला सिमानाका कारण सबैभन्दा ठूलो चुनौती छ । खुला सिमानाका कारण सामानहरु अवैधानिक रुपमा आउँछन् । उतैको व्यापारीहरुले समेत पु¥याइ दिने, यहाँबाट पनि उपभोक्ताहरु पनि लुकीछुपी धेरै जाने गरेका छन् । हामीकहाँ राजस्व बढी छ । सरकारले भन्सार, भ्याटलगायत गरेर करिब ४० देखि ४५ प्रतिशतसम्म स्पेयर्स पार्टमा शुल्क लगाएको छ । उनीहरुले त्यहाँ गएर ल्याएपछि सस्तोमा किन्न पाउँछन् ।

स्पेयर्स पार्टस् व्यवसायीको संख्या धेरै छ । अब नाडाले स्पेयर्स पार्टका व्यवसायका लागि के गर्दा राम्रो होला ?

नाडा अटोमोबाइल व्यवसायीहरुको छाता संस्था हो । काठमाडौं केन्द्रित नभई हरेक क्षेत्रमा नाडाको संगठन विस्तार भएको छ । प्रदेश राज्य स्तरीय च्याप्टरहरु खुलेका छन् । उहाँहरु अलि सक्रिय भएर त्यहाँ अझै व्यवसायीहरुलाई जोड्नुपर्छ । यस क्षेत्रका हरेक व्यवसायीलाई नाडा आफ्नो संस्था जस्तो लाग्नुपर्यो । उहाँहरु सबै खुलेर आउनुुपर्यो । पहिलो समस्या व्यवसायीका लागि बैंकको ब्याज हो । अर्को कुरा मार्केटमा डिमाण्ड नै भएन । सहजरुपमा लोन पाउने अवस्था छैन । त्यसमाथि बैंकको ब्याज बढेर बढी समस्या भयो । कसैले नयाँ व्यवसाय सुरु गर्नै पनि लोन पाउने अवस्था छैन । यो कुरामा नाडाले सहजीकरण गर्नुपर्छ ।

You might also like

Comments are closed.