दीर्घायू पोखरा हस्पिटलमा नयाँ वर्ष अफर, ५० प्रतिशतसम्म छुट

पोखरा । पोखरा–८ पृथ्वीचोकस्थित हङकङ बजारको अगाडि रहेको ‘दीर्घायू पोखरा हस्पिटल प्रा.लि.’ले नयाँ वर्ष २०७८ को अवसरमा विशेष छुट अफर ल्याएको छ । अफर वैशाख १ देखि १० गतेसम्म जारी रहने हस्पिटलले जनाएको छ ।

अफर अन्तर्गत शल्यक्रियामा ५० प्रतिशत छुट प्रदान हुनेछ । ओपिडीमा पनि ५० प्रतिशत छुट प्रदान हुने प्रवन्ध निर्देशक राधाकृष्ण पोखरेलले जानकारी दिए । ‘प्रयोगशाला तथा अन्य डाइग्नोष्टिक सेवामा ३० प्रतिशत र औषधिमा १० प्रतिशत छुट हुनेछ,’ उनले भने ।

हस्पिटलले पेट, छाति तथा मुटुरोग, हार्डजोर्नी तथा नशा रोग, नवजात शिशु तथा बालरोग, स्त्री तथा प्रस्तुती रोग, नाक, कान तथा घाँटी रोगको उपचार सेवा प्रदान गर्दै आइरहेको छ । चिरफार तथा सर्जरी सम्बन्धी सेवाहरु, मानसिक रोग, छाला तथा यौन रोग सम्बन्धी सेवाहरु, पिसाब, मुत्रनली तथा पत्थरी सम्बन्धी सेवाहरु, निसन्तान तथा पाठेघरको रोग सम्बन्धी सेवा हस्पिटलले प्रदान गर्दै आइरहेको पोखरेलले जानकारी दिए ।

२४सैं घन्टा इमर्जेन्सी, गुणस्तरीय औषधी, आधुनिक प्रयोगशाला, भिडियो एक्स–रे, एक्स–रे, भिडियो इन्डोस्कोपी, इसिजी, इको, दुरविनद्वारा सल्यक्रिया लगायतका सेवा हस्पिटलले प्रदान गर्दै आइरहेको छ । हस्पिटलमा ४८ बेड छन् । आइसियुमा ८ वटा र इमर्जेन्सीमा ४ वटा बेड रहेको पोखरेलले जानकारी दिए ।

हस्पिटलमा १८ जना चिकित्सकहरु आबद्ध छन् । पोखरा तथा आसपासका सेवाग्राही तथा बिरामीलाई लक्षित गरी सेवा प्रदान गरिरहेको पोखरेलले बताए । ‘दक्ष तथा अनुभव डाक्टरहरुबाट सेवा प्रदान गरिरहेका छौं,’ उनले भने ।

You might also like

Comments are closed.