नाडा अटो शो अवसरमा सारथी ई–स्कुटरमा २५ हजार छुट

काठमाडौं । आगामी भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने नाडा अटो शो २०२५ को उपलक्ष्यमा सारथी ई–स्कुटरले विशेष छुट योजना सार्वजनिक गरेको छ । शोमा प्रत्यक्ष सहभागी नहुने भए पनि ग्राहकहरूको चासो र उत्साहलाई मध्यनजर गर्दै कम्पनीले भदौ ३ देखि ८ गतेसम्म लागू हुने गरी अफर सञ्चालन गर्ने जनाएको छ ।

अफर अन्तर्गत, सारथी ई–स्कुटरका इ–३ र विङ्गर मोडेल खरिद गर्ने ग्राहकले २५ हजार रुपैयाँ नगद छुट पाउनेछन्। साथै, खरिदकर्ताले एक वर्षको कर, एउटा प्रिमियम हेलमेट र एउटा रेनकोट पनि निःशुल्क पाउनेछन् ।

यो अफर नगदमा खरिद गर्ने ग्राहकलाई मात्र लागू भए पनि इच्छुकहरूले २०% डाउनपेमेन्टमा अधिकतम ३ वर्षसम्म किस्ताबन्दी (फाइनान्स सुविधा) मार्फत स्कुटर खरिद गर्न सक्नेछन् । साथै, कम्पनीले हरेक दिन एक्सचेन्ज सुविधा उपलब्ध गराउनेछ, जसअन्तर्गत पुराना बाइक वा स्कुटर (इभी वा पेट्रोल दुवै) साट्न सकिनेछ ।

सारथी विङ्गरमा ३,९०० वाट मोटर पावर र इ–३ मा ३,००० वाट मोटर पावर रहेको छ। दुबै मोडेलमा २.८ किलोवाट ब्याट्री प्रयोग भएको छ, जसले अधिकतम १२० किलोमिटर रेन्ज प्रदान गर्छ । कम्पनीले इ–३ को मूल्य रु. २,१६,००० र विङ्गरको मूल्य रु. २,०९,००० तोकेको छ। हाल अफरमा दुबैमा २५ हजार रुपैयाँ छुट पाउने व्यवस्था गरिएको छ ।

यी स्कुटरको नेपालका लागि आधिकारिक वितरक Zero Emission Ride एन हो। कम्पनीका सेल्स हेड शंकर शर्माका अनुसार, नेपालमा रहेका ई–स्कुटर ब्रान्डहरूमध्ये सबैभन्दा धेरै सर्भिस सेन्टर र चार्जिङ प्वाइन्ट उपलब्ध गराउने कम्पनीका रूपमा Zero Emission Ride एन चिनिन्छ। यस कम्पनीले विगत ६ वर्षदेखि नेपालमा लुयान ब्रान्डका ई–स्कुटर पनि बिक्री वितरण गर्दै आएको छ ।

You might also like

Comments are closed.