दशैतिहार लक्षित सहुलियत मूल्य पसल सञ्चालन

काठमाडौं । आज सोमबारदेखि देशभर चाडपर्व लक्षित सहुलियत (सुपथ मूल्य) पसल सञ्चालनमा आएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले उपभोक्तालाई चाडपर्वमा राहत मिल्ने उद्देश्यसहित सहुलियत मूल्यका पसल सञ्चालनमा ल्याएका हुन् ।

खाद्य कम्पनीले देशभर १५३ स्थानमा र साल्ट ट्रेडिङ कर्पोरेसनले ४२ स्थानमा पसल सञ्चालन गरेका छन् । यी पसलमार्फत उपभोक्ताले चिनी, तेल, दाल, चामल, नूनलगायत दैनिक उपभोग्य वस्तुमा प्रतिकेजी वा प्रतिलिटरमा ५ देखि १० रुपैयाँसम्म छुट पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

चाडपर्वको समयमा उपभोक्तामुखी राहत दिलाउन नियमित बजार मूल्यभन्दा सस्तो दरमा वस्तु उपलब्ध गराइने व्यवस्था गरिएको अधिकारीहरूले बताएका छन् ।

You might also like

Comments are closed.