यि हुन् पशुपंक्षीबाट मानिसमा सर्ने १० जुनोटिक रोग

 

काठमाडौं ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पशुपंक्षीबाट मानिसमा सर्ने १० रोगलाई प्राथमिकीकरणमा राखेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखाले प्रथम जुनोटिक रोगको प्राथमिकिरण राष्ट्रिय कार्यशाला गोष्ठीले पशुपंक्षीबाट मानिसमा सर्ने १० जुनोटिक रोगलाई प्राथमिकीकरणमा राख्ने निर्णय गरेको हो ।पशुपंक्षीबाट मानिसमा सार्ने रोगलाई जुनोटिक रोग भनिन्छ ।

महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले पशुपंक्षीबाट मानिसमा सर्ने रोगको सूचीकृत गर्दा उपचार र नियन्त्रण गर्न सजिलो हुने बताए । उनका अनुसार इन्फ्लुएन्जा (जुनोटिक इन्फ्लुएन्जा, सिजनल इन्फ्लुएन्जा), रेबिज, कोरोना भाइरस, लेप्टोस्पाइरोसिस, बु्रसेलोसिस, सालमोनेलोसिस, लेस्मिनियासिस, जुनोटिक क्षयरोग, सिस्टिमर्कोसिस÷हाईडाट्रिडोसि र टोक्जोप्लास्मोसिस रहेका छन् ।

You might also like

Comments are closed.