काठमाडौं । डिजिटल मनोरञ्जन र इन्टरनेट सेवामा अग्रणी डिशहोमले नेपालमा पहिलोपटक भर्चुअल ग्राहक प्रिभिलेज कार्ड सार्वजनिक गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्नो “माइ डिशहोम एप” मार्फत ग्राहकहरूलाई यो विशेष सुविधा उपलब्ध गराउने तयारी गरेको हो ।
यो सुविधा ल्याउने उद्देश्य केवल कनेक्टिभिटीमा सीमित नरही, ग्राहकको दैनिक जीवनशैलीलाई थप सहज र लाभदायक बनाउनु रहेको डिशहोमले जनाएको छ । डिशहोमको यो भर्चुअल प्रिभिलेज कार्ड एक्टिभ सदस्यता भएका ग्राहकहरूको एपमा स्वचालित रूपमा देखिनेछ ।
कार्डमार्फत ग्राहकहरूले विभिन्न होटल, रेस्टुरेन्ट, अस्पताल, शैक्षिक संस्था, फिटनेस क्लब, इलेक्ट्रोनिक्स, होम अप्लायन्सेस, अटोमोबाइल शोरूम लगायतका आउटलेटमा २५% सम्मको छुट पाउनेछन् । डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरका अनुसार, “हामीले डिजिटल मनोरञ्जन र इन्टरनेट सेवामात्र नभई, ग्राहकको दैनिक जीवनशैलीमा पनि अर्थपूर्ण योगदान पुर्याउने लक्ष्य लिएका छौँ । यो कार्ड डिजिटल जीवनशैली ईकोसिस्टम तयार गर्ने हाम्रो प्रयासको अर्को महत्वपूर्ण कदम हो ।”
यो सुविधा केवल सक्रिय सदस्यता भएका ग्राहकका लागि मात्र उपलब्ध हुनेछ, जसले कार्डलाई थप सुरक्षित र विशेष बनाउँछ । ग्राहकहरूले माइ डिशहोम एपमा रहेको डिजिटल कार्ड देखाएर सहभागी आउटलेटहरूमा छुट सुविधा लिन सक्नेछन् । डिशहोमले ग्राहकहरूलाई प्ले स्टोर वा एप स्टोरबाट माइ डिशहोम एप डाउनलोड वा अपडेट गर्न आग्रह गरेको छ ।
Comments are closed.