डिसहोमद्वारा विभिन्न स्थानमा पानी ट्याङ्की सहयोग

पोखरा । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रणको प्रयासमा सहयोग पुग्ने उदेश्यले डिसहोमले पोखरामा भिडभाड हुने विभिन्न ठाँउमा पानी ट्याङ्की सहयोग गरेको छ ।

सर्वसाधारणका लागी सहज हुने र बेला बेलामा सावुन पानीले हात धुनु पर्छ भन्ने सन्देश दिने हेतुले कम्पनीले विभिन्न समुदायका सामाजिक संस्था, आमा समूह, टोल बिकास संस्था, महिला समूह, बिद्यालय ब्यवस्थापन समिति तथा मन्दिर व्यवस्थापन समितिको संरक्षकत्व रहने गरि पोखरा देखि लेखनाथका मुख्य भिडभाड हुने ५० स्थानमा पानी ट्याङ्की सहयोग गरेको हो ।

कोरोना नियन्त्रणको प्रमुख प्रकिया भनेको माक्स,सामाजिक दुरी र हात धुने कार्य भएको भन्दै डिसहोम पोखराका डिलर संचालक अम्विका मोहोन भट्टराईले कम्पनीले ल्याएको हात धुने अभियानले समाजमा सकरात्मक सन्देश दिने र कोरोना नियन्त्रणमा सहयोग पुग्ने विश्वास दिलाए ।

मिचि मिचि हात धुने बानीको विकास गराउन कम्पनीले ल्याएको अभियानमा स्थानिय सामाजिक संघ सस्थाको पनि सहयोग र सहकार्यले काम गर्न सहज भएको बताउदै भट्टराईले करिव ४ लाखको लागतमा स्टान्ड, सावुन र ५० थान ट्याङ्की बितरण गरेको बताए । आगामी दिनमा पनि समुदायका सक्रिय संघ सस्थाले माग गरेमा र आबस्यक भएका थप सहयोग गरिने उनको भनाई छ ।

You might also like

Comments are closed.