lcci festival

जीवन विकास लघुवित्तले १४.७३ प्रतिशत लाभांश घोषणा

काठमाडौं ।  जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (JBLB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। संस्थाले हाल कायम चुक्ता पूँजीको १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

घोषित लाभांशमध्ये १४ प्रतिशत बोनस शेयर तथा ०.७३६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ । मंसिर २६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो दरमा लाभांश शेयरधनीहरुलाई वितरण गरिनेछ ।

You might also like

Comments are closed.