बजारमा आज अमेरिकी डलर, युरोसहित कुन देशको पैसा कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ४५ पैसा र बिक्री दर १३२ रुपैयाँ ०५ पैसा रहेको छ। बुधबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ २१ पैसा र बिक्री दर १३१ रुपैयाँ ८१ पैसा रहेको थियो । बुधबारको तुलनामा अमेरिकी डलरको मूल्य बढेको छ ।

त्यस्तै, आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६१ रुपैयाँ १५ पैसा, युरो एकको खरिद दर १४२ रुपैयाँ ६७ पैसा र बिक्री दर १४३ रुपैयाँ ३२ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ २२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९६ पैसा राष्ट्र बैंकले तोकेको छ । बुधबारको तुलनमा बिहीबार युरो र बेलायती पाउण्डको मूल्य पनि पुनः बढेको छ ।

त्यसैगरी, आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८८ रूपैयाँ १६ पैसा, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ९७ पैसा र बिक्री मूल्य १० रुपैयाँ ०१पैसा , साउदी अरेवियन एक रियालको खरिददर ३५ रूपैयाँ ०१ पैसा र बिक्री दर ३५ रूपैयाँ १७ पैसा , कतारी रियाल एकको मूल्य खरिद दर ३५ रुपैयाँ ९७ पैसा र बिक्री दर ३६ रुपैयाँ १३ र मलेसियन रिंगिट एकको खरिद दर २९ रूपैयाँ ७५ पैसा र बिक्री दर २९ रूपैयाँ८९पैसा राष्ट्र बैंकले तोकेको छ ।

jutta mela

समग्रमा साताको पाचौँ कारोबारको दिन बिहीबार अमेरिकी डलर युरो, पाउण्डसहितकेही देशको पैसाको मूल्य बढेको छ भने केही देशको पैसाको मूल्य घटेको देखिन्छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

You might also like

Comments are closed.