अमेरिकी डलरको मूल्य स्थिर रहँदा बढ्यो युरो, आज कुन पैसा कतिमा हुँदैछ किनबेच?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ४५ पैसा र बिक्री दर १३२ रुपैयाँ ०५ पैसा रहेको छ। शुक्रबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

त्यस्तै, आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६१ रुपैयाँ १५ पैसा, युरो एकको खरिद दर १४३ रुपैयाँ ०४ पैसा र बिक्री दर १४३ रुपैयाँ ७० पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६३ रुपैयाँ १२ पैसा राष्ट्र बैंकले तोकेको छ । बिहीबारको तुलनमा शुक्रबार युरो र बेलायती पाउण्डको मूल्य पनि पुनः बढेको छ ।

त्यसैगरी, आज अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ८८ रूपैयाँ ४७ पैसा, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ९२ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ९६पैसा , साउदी अरेवियन एक रियालको खरिददर ३५ रूपैयाँ ०२ पैसा र बिक्री दर ३५ रूपैयाँ १८ पैसा , कतारी रियाल एकको मूल्य खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १३ र मलेसियन रिंगिट एकको खरिद दर २९ रूपैयाँ ७२ पैसा र बिक्री दर २९ रूपैयाँ८६पैसा राष्ट्र बैंकले तोकेको छ ।

jutta mela

समग्रमा साताको छैटौं कारोबारको दिन शुक्रबार अमेरिकी डलर स्थिर रहेको छ भने युरो, पाउण्डसहितकेही देशको पैसाको मूल्य बढ्नुका साथै केही देशको पैसाको मूल्य घटेको देखिन्छ ।

 

 

You might also like

Comments are closed.