एकैदिन १ हजारले बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार छापावाल सुन बढेको छ । बिहीबार तोलामा ३ सयले घटेको छापावाल सुन शुक्रबार भने तोलामा १ हजार रुपैयाँले बढेको छ ।

तोलामा १ हजार रुपैयाँले बढेसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन तोलाको १ लाख ८ हजार २ रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७ हजार रुपैयाँ कायम भई कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

jutta mela

त्यसैगरी, शुक्रबार चाँदी पनि तोलामा पुनः २५ रुपैयाँले बढेको छ । तोलामा २५ रुपैयाँले बढेसँगै आज चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

 

You might also like

Comments are closed.