आइतबार अमेरिकी डलर, युरोसहित कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसा रहेको छ। शुक्रबारको तुलनामा आज अमेरिकी डलरको मूल्य केही पैसाले घटेको छ ।

त्यस्तै, आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६१ रुपैयाँ १५ पैसा, युरो एकको खरिद दर १४२ रुपैयाँ ७७ पैसा र बिक्री दर १४३ रुपैयाँ ४२ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ २२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९६ पैसा राष्ट्र बैंकले तोकेको छ । आज युरो र बेलायती पाउण्डको मूल्य घटेको हो ।

त्यसैगरी, आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८८ रूपैयाँ २२ पैसा, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ८३ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ८८पैसा , साउदी अरेवियन एक रियालको खरिददर ३४रूपैयाँ ९४ पैसा र बिक्री दर ३५ रूपैयाँ १० पैसा , कतारी रियाल एकको मूल्य खरिद दर ३५ रुपैयाँ ८९ पैसा र बिक्री दर ३६ रुपैयाँ ०५र मलेसियन रिंगिट एकको खरिद दर २९ रूपैयाँ ७३ पैसा र बिक्री दर २९ रूपैयाँ८६पैसा राष्ट्र बैंकले तोकेको छ ।

jutta mela

समग्रमा साताको पहिलो कारोबारको दिन आइतबारको दिनअमेरिकी डलर, युरो, पाउण्डसहितकेही देशको पैसाको घट्नुका साथै केही देशको मूल्य बढेको छ ।

 

You might also like

Comments are closed.