आज अमेरिकी डलर स्थिर हुदा युरो बढ्यो, कुन देशको पैसा कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ४४ पैसा र बिक्री दर १३२ रुपैयाँ ०४ पैसा रहेको छ। मंगलबार बढेको अमेरिकी डलरको मूल्य बुधबार भने सोही मूल्य कायमै भई कारोबार भएको छ ।

त्यस्तै, बुधबार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६१ रुपैयाँ १५ पैसा, युरो एकको खरिद दर १४३ रुपैयाँ ५३ पैसा र बिक्री दर १४४ रुपैयाँ १९ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ०६ पैसा राष्ट्र बैंकले तोकेको छ । आज युरो बेलायती पाउण्ड,अष्ट्रेलियन डलर सबैको मूल्य बढेको छ ।

त्यसैगरी, बुधबार अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८९ रूपैयाँ २२ पैसा, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ८९ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ९३ पैसा , साउदी अरेवियन एक रियालको खरिददर ३५ रूपैयाँ ०४ पैसा र बिक्री दर ३५ रूपैयाँ २०पैसा , कतारी रियाल एकको मूल्य खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ र मलेसियन रिंगिट एकको खरिद दर २९ रूपैयाँ ८३ पैसा र बिक्री दर २९ रूपैयाँ ९७ पैसा राष्ट्र बैंकले तोकेको छ ।

समग्रमा साताको चौथो कारोबारको दिन बुधबारको दिन अमेरिकी डलरसहित केही देशको मूल्य स्थिर रहेको छ भने यरोसहित केही देशको मूल्य आज बढ्नुको साथै केही देशको मुद्रा विनिमय दर घटेको छ ।

 

You might also like

Comments are closed.