काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको खरिद दर १३० रुपैयाँ ९१ पैसा र बिक्री दर १३१ रुपैयाँ ५१ पैसा रहेको छ। बुधबारको तुलनामा अमेरिकी डलरको मूल्य घटेको छ ।
त्यस्तै, बिहीबार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६१ रुपैयाँ १५ पैसा, युरो एकको खरिद दर १४३ रुपैयाँ २२ पैसा र बिक्री दर १४३ रुपैयाँ ८७ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ १७ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९१ पैसा राष्ट्र बैंकले तोकेको छ ।
त्यसैगरी, बिहीबार अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८७ रूपैयाँ ८७ पैसा, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ९४ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ९९ पैसा , साउदी अरेवियन एक रियालको खरिददर ३४ रूपैयाँ ८९ पैसा र बिक्री दर ३५ रूपैयाँ ०५ पैसा , कतारी रियाल एकको मूल्य खरिद दर ३५ रुपैयाँ ८१ पैसा र बिक्री दर ३५ रुपैयाँ ९७ र मलेसियन रिंगिट एकको खरिद दर २९ रूपैयाँ ७६ पैसा र बिक्री दर २९ रूपैयाँ ९० पैसा राष्ट्र बैंकले तोकेको छ ।
समग्रमा साताको पाचौँ कारोबारको दिन बिहीबारको दिन अमेरिकी डलरसहित केही देशको मूल्य घटेको छ भने केही देशको मूल्य बढेको देखिन्छ ।
Comments are closed.