यस्तो छ आजको विदेशी विनिमयदर, कुन देशको कति ?

काठमाडौं । विश्वबजारमा अमेरिकी डलरको मूल्य फेरि लगातार उकालो लागि रहेको छ ।नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २० पैसा र बिक्रीदर १३२ रुपैया ८० पैसा रहेको छ ।
त्यस्तै, बुधबार युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ २३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८६ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८९ रुपैयाँ २९ पैसा र बिक्रीमा ८९ रुपैयाँ ६९पैसा राष्ट्र बैंकले तोकेको छ ।

त्यसैगरी, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ५९ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ६४ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १६ पैसा र बिक्रीदर ३५रुपैयाँ ३२ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ०२ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ १८ पैसा, साउथ कोरियन वन १०० को खरिद मूल्य १० रुपैयाँ १० पैसा र बिक्री मूल्य १० रुपैयाँ १५ पैसा, मलेसियन रिंग्गेट एकको खरिद मूल्य २९ रुपैयाँ ८५ पैसा र बिक्री मूल्य २९ रुपैयाँ ९८ पैसा, कुवेती दिनार एकको खरिदर ४३० रुपैयाँ ७३ पैसाँ र विक्रीदर ४३२ रुपैया ६९ पैसा, बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५२ रुपैयाँ २७ पैसा राष्ट्र बैंकले कायम गरेको छ ।

बुधबार सार्वजनिक गरेको विदेशी विनिमयदर अनुसार कुनै देशको मुद्रा खरिद विक्री खटेको छ भने कुनै देशको बढेको देखिन्छ । यदपी अमेरिकी डलरको मूल्य भने उकालो यात्रामा रहेको छ । विश्व बजारमा जति धेरै डलरको मूल्य महंगो हुँदैजान्छ नेपाली पैसा त्यति कमजोर बन्दै गएको हुन्छ । जसको कारण नेपालको अर्थतन्त्रमा धेरै धक्का पुग्ने देखिन्छ ।

नेपालमा पछिल्लो समयमा आर्थीक तरलता पैदा भएको छ । राष्ट्र बैंकलाई आर्थिक तरलता व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको छ । बजारमा अहिले पैसाको फ्लो कम भईरहेको छ र कति बैंकमा अहिले पैसाको नै अभाव सृजना भइरहेको छ । त्यस्तै, सेयर मार्केट हेर्ने हो भने पनि अवस्था त्यस्तै रहेको छ । कति बैंकका संस्थापक सेयर नै लिलाम गरिरहेका छन् । अहिले खुद्रा बजार भने एकदमै महंगो भएको छ जसको कारण डलरको भाउ बढ्नु ।डलरको भाउ बढ्दा नेपालको रेमिट्यान्समा सहयोग पुर्याएता पनि अर्थतन्त्र र बजारमा भने असर परेको छ । नेपालको अर्थतन्त्र धेरै दातृराष्ट्रबाट ऋण लिएर चलिरहेको छ । जुन ऋणको ब्याज नेपालले बुझाउन पर्ने हुन्छ र ब्याज र्तिदा नेपालको पैसा धेरै बाहिरिने गर्छ ।

त्यसैगरी नेपालमा ग्यास, पेटोलिय पर्दाथ खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक समानलगाएत थुपै कुराहरु बाहिरबाट आयत हुने गर्छ । डलर बढ्नाले स्वतह त्यसको लगानि महंगो हुन जान्छ र नेपाली बजारमा महंगिले नेटो काटी आम नगरिकलाई ढाड सेकिरहेको छ । महंगि नियन्त्रणमा नेपाल सरकारले आन्तरिक उत्पादनमा बढी जोडदिनु पर्ने देखिन्छ तर नेपाल सरकारले भने अझै ध्यानदिन सकिरहेको छैन ।

यस्तो छ आजको मुद्रा विनिमयदर :

You might also like

Comments are closed.