तपाई आज के डलर साट्दै हुनुहुन्छ ? यस्तो छ मुद्रा विनिमयदर !

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३० पैसा र बिक्रीदर १३२ रुपैया ९० पैसा रहेको छ । यो साताको पहिलो कारोबारको दिन आइतबार अमेरिकी डलरको मूल्यमा केही पैसा मंहगिएको छ ।

त्यस्तै, आइतबार युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ४० पैसा र बिक्रीदर १४१रुपैयाँ ०३ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८८ रुपैयाँ ४७ पैसा र बिक्रीमा ८८ रुपैयाँ ८७ पैसा राष्ट्र बैंकले तोकेको छ ।

त्यसैगरी, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ६५ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ६९ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १८ पैसा र बिक्रीदर ३५रुपैयाँ ३४ पैसा , कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ १८ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ३५ पैसा, साउथ कोरियन वन १०० को खरिद मूल्य १० रुपैयाँ ०९ पैसा र बिक्री मूल्य १० रुपैयाँ १३ पैसा, मलेसियन रिंग्गेट एकको खरिद मूल्य २९ रुपैयाँ ९० पैसा र बिक्री मूल्य ३० रुपैयाँ ०४ पैसा, कुवेती दिनार एकको खरिदर ४३१ रुपैयाँ १३ पैसाँ र बिक्रीदर ४३३ रुपैया ०८ पैसा, बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ५२ पैसा राष्ट्र बैंकले कायम गरेको छ ।

यस्तो छ आजको मुद्रा विनिमय दर :

 

You might also like

Comments are closed.