काठमाडाैं । नेपाल राष्ट्र बैंकले बिहीबारको विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २० पैसा र बिक्रीदर १३२ रुपैया ८० पैसा रहेको छ । बुधबारको भन्दा बिहीबार अमेरिकी डलरको भाउ बढेको छ ।
त्यस्तै, बिहीबार युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ३३ पैसा र बिक्रीदर १४०रुपैयाँ ९७ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८८ रुपैयाँ २५ पैसा र बिक्रीमा ८८ रुपैयाँ ६५ पैसा राष्ट्र बैंकले तोकेको छ ।
त्यसैगरी, जापानिज येन १० को खरिद मूल्य १०रुपैयाँ ०४ पैसा र बिक्री मूल्य १० रुपैयाँ ०९ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५रुपैयाँ ३० पैसा , कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ र बिक्री मूल्य ३६ रुपैयाँ १६ पैसा, साउथ कोरियन वन १०० को खरिद मूल्य १० रुपैयाँ २६ पैसा र बिक्री मूल्य १० रुपैयाँ ३१ पैसा, मलेसियन रिंग्गेट एकको खरिद मूल्य २९ रुपैयाँ ७९ पैसा र बिक्री मूल्य २९ रुपैयाँ ९३ पैसा, कुवेती दिनार एकको खरिदर ४३१ रुपैयाँ ७० पैसाँ र बिक्रीदर ४३३ रुपैया ६६ पैसा, बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ६७ पैसा र बिक्रीदर ३५२ रुपैयाँ २६ पैसा राष्ट्र बैंकले कायम गरेको छ ।





Comments are closed.