काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।साताको दास्रो कारोबारको दिन सोमबार अमेरिकी डरल स्थिर रहेको छ ।
बैंकले सार्वजनिक गरेको मुद्रा विनिमय अनुसार आइतबार अमेरिकी एक डलरको खरिद दर १३० रूपैयाँ १४ पैसा र बिक्री दर १३० रूपैयाँ ७४ पैसा मा बिक्री भएको सोमबार पनि सोही मूल्यमा खरिद विक्री तोकिएको छ ।
त्यस्तै, आज १ युरोको खरिद दर १४१ रूपैयाँ ४५ पैसा र बिक्री दर १४२ रूपैयाँ १० पैसा, अष्ट्रेलियन डलरको खरिद दर ९२ रूपैयाँ ४५ पैसा र बिक्री दर ९२रूपैयाँ ८८ पैसा राष्ट्र बैंकले कायम गरेको छ । आइतबार घटेको युरो र अष्ट्रेलियन डलर सोमबार पनि केही पैसाले घटेको छ ।
यस्तै, सोमबार जापानिज येन १० को खरिद मूल्य १० रुपैयाँ २ पैसाँ र बिक्री मूल्य १० रुपैयाँ ०७ पैसा, साउदी अरेवियन रियालको खरिद दर ३४ रूपैयाँ ६७ पैसा र बिक्री दर ३४ रूपैयाँ ८३ पैसा, कतारी रियाल एकको खरिद दर ३५ रूपैयाँ ५३ पैसा र बिक्री दर ३५ रूपैयाँ ६९ पैसा र मलेसियन रिंगिट एकको खरिद दर ३० रूपैयाँ ६६ पैसा र बिक्री दर ३० रूपैयाँ ८०पैसा राष्ट्र बैंकले तोकेको छ ।
आज सम्रगमा हेर्दा आज अमेरिकन डलर स्थिर रहको छ भने धरै जसो देशको मुद्रा विनिमयदरमा केही पैसा घटेको देखिन्छ राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदर अनुसार । यसरी मुद्रा विनिमयदर घट्दा नेपालबाट बाहिरिने पैसामा केही कमी आउछ भने रेमिटेन्समा भने असर पर्ने देखिन्छ ।
Comments are closed.