यस्तो छ आजको विदेशी पैसाको विनिमयदर, कुन देशको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार स्थिर रहेको अमेरिकी डलरको मूल्य मंगलबार भने केही पैसा घटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुुसार अमेरिकी डलरको खरिदमूल्य १३० रुपैयाँ १० पैसा र बिक्री मूल्य १३० रुपैयाँ ७० पैसा तोकिएको छ । सोमबार अमेरिकी एक डलरको खरिद दर १३० रूपैयाँ १४ पैसा र बिक्री दर १३० रूपैयाँ ७४ पैसामा बिक्री भएको थियो ।

त्यस्तै, आज १ युरोको खरिद दर १४१ रूपैयाँ ९४ पैसा र बिक्री दर १४२ रूपैयाँ ५९ पैसा, अष्ट्रेलियन डलरको खरिद दर ९२ रूपैयाँ २९ पैसा र बिक्री दर ९२ रूपैयाँ ७२ पैसा राष्ट्र बैंकले कायम गरेको छ । मंगलबार युरो केही पैसा बढेको छ भने अष्ट्रेलियन डलर केही पैसाले घटेको छ ।

यस्तै, मंगलबार जापानिज येन १० को खरिद मूल्य १० रुपैयाँ ०२ पैसाँ र बिक्री मूल्य १० रुपैयाँ ०६ पैसा, साउदी अरेवियन रियालको खरिद दर ३४ रूपैयाँ ६६ पैसा र बिक्री दर ३४ रूपैयाँ ८२ पैसा, कतारी रियाल एकको खरिद दर ३५ रूपैयाँ ५२ पैसा र बिक्री दर ३५ रूपैयाँ ६८पैसा र मलेसियन रिंगिट एकको खरिद दर ३० रूपैयाँ ६६ पैसा र बिक्री दर ३० रूपैयाँ ८०पैसा राष्ट्र बैंकले तोकेको छ ।

मंगलबार अमेरिकन डलमा केही पैसा कमी आएको छ भने युरो केही पैसा बढेको छ । सम्रगमा हेर्दा आज अधिकांश देशको मुद्रामा केही पैसा कमि आएको छ भने केही देशको मूद्रामा केही पैसा बढेको छ ।

 

You might also like

Comments are closed.