काठमाडौं । बिहीबार स्थिर रहेको अमेरिकी डलरको मूल्य शुक्रबार भने बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदर अनुसार अमेरिकी १ डलरको खरिददर १३१ रुपैयाँ १८ पैसा र विक्रीदर १३१ पैसा ७८ पैसा रहेको छ ।बुधबार अमेरिकी डलर खरिद १३० रुपैयाँ ७८ पैसा र बिक्री १३१ रुपैयाँ ३८ पैसामा कारोबार भएको थियो ।
शुक्रबार अमेरिकी डलरको मूल्य बिहीबारको भन्दा केही पैसाले बढेको छ । विश्व बजारमा डलरको भाउले पछिल्लो समयमा आफ्नो अग्रता पकड कायमै राखेको छ ।
शुक्रबार १ युरोको खरिद दर १४४रूपैयाँ ०९ पैसा र बिक्री दर १४४रूपैयाँ ७५ पैसा, अष्ट्रेलियन डलरको खरिद दर ९३रूपैयाँ ३७ पैसा र बिक्री दर ९३ रूपैयाँ ७९ राष्ट्र बैंकले कायम गरेको छ । बिहीबार बढेको युरो र अष्ट्रेलियन डलर मूल्य शुक्रबार पनि पुनः बढेको छ ।
यस्तै, शुक्रबार जापानिज येन १० को खरिद मूल्य १० रुपैयाँ १८ पैसाँ र बिक्री मूल्य १० रुपैयाँ २२ पैसा, साउदी अरेवियन रियालको खरिददर ३४ रूपैयाँ ९६ पैसा र बिक्री दर ३५ रूपैयाँ १२ पैसा , कतारी रियाल एकको खरिद दर ३५ रूपैयाँ ९६ पैसा र बिक्री दर ३६ रूपैयाँ १२ पैसा र मलेसियन रिंगिट एकको खरिद दर ३० रूपैयाँ ८९ पैसा र बिक्री दर ३१ रूपैयाँ ०४पैसा राष्ट्र बैंकले तोकेको छ ।आज जापानिज येन, कतारी रियाल, अरेवियन रियाल मेलेसियन रिंगिटको मूल्य पनि बढेको छ ।
त्यस्तै, कुवेती दिनार एकको खरिदमूल्य ४३० रुपैयाँ १७ पैसा र बिक्री मूल्य ४३२ रुपैयाँ १४ पैसा, बहराइन दिनार एकको खरिददर ३४७ रुपैया ९८ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ५७पैसा राष्ट्र बैंकले तोकेको छ । साताको अन्तिम कारोबारको दिन शुक्रबार धरैजसो देशको पैसा बढेको छ । विदेशी मुद्रा विनिमयदर बढ्दा रेमिट्यान्समा भने नेपाललाई फाइदा देखिन्छ तर समग्र देशको अअर्थतन्त्रमा भने असर पर्न जान्छ ।
Comments are closed.