काठमाडौं । शुक्रबार बढेको अमेरिकी डलरको मूल्य आइतबार भने घटेको छ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदर अनुसार अमेरिकी १ डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र विक्रीदर १३१ पैसा २३ पैसा रहेको छ ।
आइतबार अमेरिकी डलरको मूल्य शुक्रबारको तुलनामा केही पैसाले घटेको छ । विश्व बजारमा डलरको भाउले पछिल्लो समयमा आफ्नो अग्रता पकड कायमै राखेपनि आज केही पैसाले घटी भएको हाे ।
आइतबार १ युरोको खरिद दर १४२ रूपैयाँ ८० पैसा र बिक्री दर १४३ रूपैयाँ ४६ पैसा, अष्ट्रेलियन डलरको खरिद दर ९२रूपैयाँ २४ पैसा र बिक्री दर ९२ रूपैयाँ ६७ राष्ट्र बैंकले कायम गरेको छ ।
यस्तै, आइतबार जापानिज येन १० को खरिद मूल्य १० रुपैयाँ १७ पैसाँ र बिक्री मूल्य १० रुपैयाँ २१ पैसा, साउदी अरेवियन रियालको खरिददर ३४ रूपैयाँ ८१ पैसा र बिक्री दर ३४ रूपैयाँ ९७ पैसा , कतारी रियाल एकको खरिद दर ३५ रूपैयाँ ८० पैसा र बिक्री दर ३५ रूपैयाँ ९७ पैसा र मलेसियन रिंगिट एकको खरिद दर ३० रूपैयाँ ६८ पैसा र बिक्री दर ३० रूपैयाँ ८२ पैसा राष्ट्र बैंकले तोकेको छ ।
त्यस्तै, कुवेती दिनार एकको खरिदमूल्य ४२८ रुपैयाँ २८ पैसा र बिक्री मूल्य ४३० रुपैयाँ २५ पैसा, बहराइन दिनार एकको खरिददर ३४६ रुपैया ५२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ११पैसा राष्ट्र बैंकले तोकेको छ । साताको पहिलो कारोबारको दिन आइतबार समग्रमा हेर्दाखेरी केही देशको पैसाको भाउ बढेको छ भने केही देशको मुद्रा विनिमयदर घटेको देखिन्छ ।
Comments are closed.