काठमाडौं । बिहीबार अमेरिकी डलरको मूल्य पुनः घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदर अनुसार अमेरिकी १ डलरको खरिददर १३१रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ पैसा ३० पैसा रहेको छ । बुधबारको तुलनामा अमेरिकी अमेरिकी डलरको मुल्य केही पैसाले सस्तिएको छ ।
त्यस्तै, बिहीबार एक युरोको खरिद दर १४१ रूपैयाँ ४१ पैसा र बिक्रीदर १४२ रूपैयाँ ०६ पैसा, अष्ट्रेलियन डलरको खरिद दर ९१ रूपैयाँ ८३ पैसा र बिक्रीदर ९२ रूपैयाँ २५ राष्ट्र बैंकले कायम गरेको छ । बिहीबार युरोको मूल्य केही घटेको छ भने अष्ट्रेलियन डलरको मूल्य केही पैसाले बढेको छ ।
यस्तै, बिहीबार जापानिज येन १० को खरिद मूल्य १० रुपैयाँ ०७ र बिक्री मूल्य १० रुपैयाँ ११ , साउदी अरेवियन रियालको खरिददर ३५ रूपैयाँ १० पैसा र बिक्री दर ३५रूपैयाँ २६पैसा , कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ १३ पैसा र बिक्री दर ३६ रूपैयाँ २९ पैसा र मलेसियन रिंगिट एकको खरिद दर ३० रूपैयाँ ६४ पैसा र बिक्री दर ३० रूपैयाँ ७८ पैसा राष्ट्र बैंकले तोकेको छ ।
त्यसैगरी, कुवेती दिनार एकको खरिदमूल्य ४३० रुपैयाँ ९७ पैसा र बिक्री मूल्य ४३२ रुपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिददर ३४९ रुपैया ३९ पैसा र बिक्रीदर ३५० रुपैयाँ ९८ पैसा राष्ट्र बैंकले तोकेको छ ।
समग्रमा विदेशी मुद्रा विनिमय दर हेर्दा बिहीबार धरैजसो देशको मुद्राको मूल्य केही पैसाले सस्तिएको देखिन्छ भने केही देशको मूल्य महंगिएको देखिन्छ ।
Comments are closed.