काठमाडौं ।साताको अन्तिम कारोबारको दिन शुक्रबार अमेरिकी डलरको मूल्य केही पैसा बढेको छ । । नेपाल राष्ट्र बैंकले शुुक्रबारको लागि सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदर अनुसार अमेरिकी १ डलरको खरिददर १३१रुपैयाँ ७२ पैसा र बिक्रीदर १३२ पैसा ३२ पैसा रहेको छ । बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलरको मुल्य २ पैसाले महंगिएको छ ।
त्यस्तै, शुक्रबार एक युरोको खरिद दर १४१ रूपैयाँ ९४ पैसा र बिक्रीदर १४२ रूपैयाँ ५९ पैसा, अष्ट्रेलियन डलरको खरिद दर ९१ रूपैयाँ ९७ पैसा र बिक्रीदर ९२ रूपैयाँ २९ राष्ट्र बैंकले कायम गरेको छ । शुक्रबार युरो र अष्ट्रेलियन डलर दुुवैको मूल्य केही पैसाले बढेको छ ।
यस्तै, आज जापानिज येन १० को खरिद मूल्य १० रुपैयाँ ०७ र बिक्री मूल्य १० रुपैयाँ ११ , साउदी अरेवियन रियालको खरिददर ३५ रूपैयाँ १० पैसा र बिक्री दर ३५रूपैयाँ २६पैसा , कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ १२पैसा र बिक्री दर ३६ रूपैयाँ २९ पैसा र मलेसियन रिंगिट एकको खरिद दर ३० रूपैयाँ ५२ पैसा र बिक्री दर ३० रूपैयाँ ६६ पैसा राष्ट्र बैंकले तोकेको छ ।
त्यसैगरी, शुक्रबार कुवेती दिनार एकको खरिदमूल्य ४३१ रुपैयाँ ०४ पैसा र बिक्री मूल्य ४३३ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३४९ रुपैया ४७ पैसा र बिक्रीदर ३५१रुपैयाँ ०६ पैसा राष्ट्र बैंकले तोकेको छ ।
समग्रमा विदेशी मुद्रा विनिमय दर हेर्दा शुक्रबार अमेरिकी डलरसहित केही देशको मुद्राको मूल्य केही पैसा महंगिएको देखिन्छ भने केही देशको मूल्य सस्तिएको देखिन्छ ।
Comments are closed.