काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक विनिमयदर अनुसार अमेरिकी १ डलरको खरिददर १३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ पैसा ३० पैसा रहेको छ ।
त्यस्तै, आइतबार एक युरोको खरिद दर १४० रूपैयाँ ९४ पैसा र बिक्रीदर १४१ रूपैयाँ ५९ पैसा, अष्ट्रेलियन डलरको खरिद दर ९१ रूपैयाँ २३ पैसा र बिक्रीदर ९१ रूपैयाँ ६४ राष्ट्र बैंकले कायम गरेको छ । शुक्रबारबारको तुलनामा युरो र अष्ट्रेलियन डलर दुवैको मूल्य केही पैसाले घटेको छ ।
यस्तै, आज जापानिज येन १० को खरिद मूल्य १० रुपैयाँ ०५ र बिक्री मूल्य १० रुपैयाँ १० , साउदी अरेवियन रियालको खरिददर ३५ रूपैयाँ १० पैसा र बिक्री दर ३५रूपैयाँ २६पैसा , कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ११ पैसा र बिक्री दर ३६ रूपैयाँ २७ पैसा र मलेसियन रिंगिट एकको खरिद दर ३० रूपैयाँ ४० पैसा र बिक्री दर ३० रूपैयाँ ५४ पैसा राष्ट्र बैंकले तोकेको छ ।
त्यसैगरी, आइतबार कुवेती दिनार एकको खरिदमूल्य ४३०रुपैयाँ ७० पैसा र बिक्री मूल्य ४३२ रुपैयाँ ६६ पैसा, बहराइन दिनार एकको खरिददर ३४९ रुपैया ४० पैसा र बिक्रीदर ३५० रुपैयाँ ९९ पैसा, साउथ कोरियाली वोन एक सयको खरिद मूल्य १० रुपैयाँ ३९ पैसा र बिक्री मूल्य १० रुपैयाँ ४३ पैसा राष्ट्र बैंकले तोकेको छ ।
यस्तो छ आजको मुद्रा विनिमयदर :-
Comments are closed.