काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक विनिमयदर अनुसार अमेरिकी १ डलरको खरिददर १३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ पैसा ३० पैसा रहेको छ । सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।
त्यस्तै, सोमबार एक युरोको खरिद दर १४० रूपैयाँ ६२ पैसा र बिक्रीदर १४१ रूपैयाँ ६२ पैसा, अष्ट्रेलियन डलरको खरिद दर ९१ रूपैयाँ १० पैसा र बिक्रीदर ९१ रूपैयाँ ५१ राष्ट्र बैंकले कायम गरेको छ । आइतबारको तुलनामा युरो र अष्ट्रेलियन डलर दुवैको मूल्य केही पैसाले घटेको छ ।
यस्तै, सोमबार जापानिज येन १० को खरिद मूल्य १० रुपैयाँ ०२ र बिक्री मूल्य १० रुपैयाँ ०७ , साउदी अरेवियन रियालको खरिददर ३५ रूपैयाँ ०९ पैसा र बिक्री दर ३५रूपैयाँ २५ पैसा , कतारी रियाल एकको खरिद दर ३५ रूपैयाँ ९५ पैसा र बिक्री दर ३६ रूपैयाँ १२ पैसा र मलेसियन रिंगिट एकको खरिद दर ३० रूपैयाँ ४० पैसा र बिक्री दर ३० रूपैयाँ ५४ पैसा राष्ट्र बैंकले तोकेको छ ।
त्यसैगरी, सोमबार कुवेती दिनार एकको खरिदमूल्य ४३०रुपैयाँ ६७ पैसा र बिक्री मूल्य ४३२ रुपैयाँ ६४ पैसा, बहराइन दिनार एकको खरिददर ३४९ रुपैया ३२पैसा र बिक्रीदर ३५० रुपैयाँ ९१ पैसा, साउथ कोरियाली वोन एक सयको खरिद मूल्य १० रुपैयाँ ३९ पैसा र बिक्री मूल्य १० रुपैयाँ ४३ पैसा राष्ट्र बैंकले तोकेको छ । सम्रगमा आजको विनिमयदर हेर्दा खेरी केही देशको मुद्राको मूल्य हिजोको तुलनामा बढेको छ भने केही देशको घटेको छ । आज अमेरिकी डलरसहित केही देशको मुद्राको मूल्य स्थिर रहेको छ ।
यस्तो छ आजको मुद्रा विनिमयदर :
Comments are closed.