काठमाडौं । विश्व बजारमा अमेरिकी डलरको मूल्य मंगलबारको तुलनामा बुधबार महंगो भएको छ । नेपाल राष्ट्र बंकले बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर आज अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ १२ पैसा र बिक्री दर १३२ रूपैयाँ ७२ पैसा रहेको छ।मंगलबार अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा रहेको थियो ।
त्यस्तै, आज युरो एकको खरिद मूल्य १४२ रूपैयाँ ५९ पैसा र बिक्री मूल्य १४२ रूपैयाँ ७३ पैसा, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा, बेलायती पाउण्ड एकको खरिदमूल्य १६१ रूपैयाँ ०९ पैसा र बिक्रीमूल्य १६१ रूपैयाँ ८२ पैसा, अष्ट्रेलियन डलरको खरिद दर ९२ रूपैयाँ ०४ पैसा र बिक्रीदर ९२ रूपैयाँ ४६ पैसा राष्ट्र बैंकले कायम गरेको छ ।
यस्तै, बुधबार जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ९९ पैसा र बिक्री मूल्य १० रुपैयाँ ०३ पैसा , साउदी अरेवियन रियालको खरिददर ३५ रूपैयाँ ३१ पैसा र बिक्री दर ३५रूपैयाँ ३७ पैसा , कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ १६ पैसा र बिक्री दर ३६ रूपैयाँ ३२ पैसा र मलेसियन रिंगिट एकको खरिद दर ३० रूपैयाँ ३८ पैसा र बिक्री दर ३० रूपैयाँ ५२ पैसा राष्ट्र बैंकले तोकेको छ ।
त्यसैगरी, बुधबार कुवेती दिनार एकको खरिदमूल्य ४३१रुपैयाँ ९२ पैसा र बिक्री मूल्य ४३३रुपैयाँ ८८ पैसा, बहराइन दिनार एकको खरिददर ३५० रुपैया ५३पैसा र बिक्रीदर ३५२ रुपैयाँ १२ पैसा, साउथ कोरियाली वोन एक सयको खरिद मूल्य १० रुपैयाँ ४२ पैसा र बिक्री मूल्य १० रुपैयाँ ४७ पैसा राष्ट्र बैंकले तोकेको छ । सम्रगमा आजको विनिमयदर हेर्दा खेरी केही देशको मुद्राको मूल्य हिजोको तुलनामा बढेको छ भने केही देशको घटेको छ ।
Comments are closed.