काठमाडौं । विश्व बजारमा अमेरिकी डलरको मूल्यको अग्रता कायमै रहेको छ । अमेरिकी डलरको मूल्य बुधबारको तुलनामा बिहीबार पनि पुनः महंगो भएको छ । नेपाल राष्ट्र बंकले बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर आज अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ १९ पैसा र बिक्री दर १३२ रूपैयाँ ७९ पैसा रहेको छ।
त्यस्तै, आज युरो एकको खरिद मूल्य १४२ रूपैयाँ ६१ पैसा र बिक्री मूल्य १४२ रूपैयाँ ३२ पैसा, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा, बेलायती पाउण्ड एकको खरिदमूल्य १५९रूपैयाँ ५९ पैसा र बिक्रीमूल्य १६०रूपैयाँ ३२ पैसा, अष्ट्रेलियन डलरको खरिद दर ९१ रूपैयाँ २१ पैसा र बिक्रीदर ९१ रूपैयाँ ६३ पैसा राष्ट्र बैंकले कायम गरेको छ ।
यस्तै, बिहीबार जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ९१ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ९६ पैसा , साउदी अरेवियन रियालको खरिददर ३५ रूपैयाँ २४ पैसा र बिक्री दर ३५रूपैयाँ ४० पैसा , कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ २४ पैसा र बिक्री दर ३६ रूपैयाँ ४० पैसा र मलेसियन रिंगिट एकको खरिद दर ३० रूपैयाँ ०९ पैसा र बिक्री दर ३० रूपैयाँ २३ पैसा राष्ट्र बैंकले तोकेको छ ।
त्यसैगरी, बिहीबार कुवेती दिनार एकको खरिदमूल्य ४३१ रुपैयाँ ६५ पैसा र बिक्री मूल्य ४३३ रुपैयाँ ६१ पैसा, बहराइन दिनार एकको खरिददर ३५० रुपैया ७१ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ३० पैसा, साउथ कोरियाली वोन एक सयको खरिद मूल्य १० रुपैयाँ ३१ पैसा र बिक्री मूल्य १० रुपैयाँ ३५ पैसा राष्ट्र बैंकले तोकेको छ । सम्रगमा आजको विनिमयदर हेर्दा खेरी धेरै जसको देशको मुद्रा विनिमयदर बुधबारको तुलनामा घटेको देखिन्छ भने अमेरिकी डलरसहित केही देशको मुद्राको मूल्य हिजोको तुलनामा बढेको छ ।
तर पछिल्ला केही महिनायता विश्वबजारमा अमेरिकी डलरको माग बढ्न थालेपछि डलरको मूल्य पनि उकालो लागि नै रहेको त्यसको असर भारतीय मुद्रा ९भारु० हुँदै नेपाली मुद्रासम्म आइपुगेको जानकारहरू बताउँछन् । पछिल्ला दिनमा अमेरिकी डलरको तुलनामा भारु कमजोर भएपछि नेरु पनि कमजोर बनेको हो ।
Comments are closed.