अमेरिकी डलरको मूल्य सामान्य घट्यो, आज कुन देशको पैसा कतिमा हुँदैछ किनबेच ?

काठमाडौं ।  विश्व बजारमा लगातार बढेको अमेरिकी डलरको मूल्य साताको अन्तिम कारोबार दिन शुक्रबार भने केही पैसा सस्तिएको छ । अमेरिकी डलरको मूल्य बिहीबारको तुलनामा शुक्रबार केही सस्तो भएको हो ।

नेपाल राष्ट्र बंकले बैँकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा रहेको छ।

त्यस्तै, आज युरो एकको खरिद मूल्य १४१ रूपैयाँ ४० पैसा र बिक्री मूल्य १४२ रूपैयाँ ०४ पैसा, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा, बेलायती पाउण्ड एकको खरिदमूल्य १५९रूपैयाँ २१ पैसा र बिक्रीमूल्य १५९रूपैयाँ ९३ पैसा, अष्ट्रेलियन डलरको खरिद दर ९१ रूपैयाँ ३४ पैसा र बिक्रीदर ९१ रूपैयाँ ७५ पैसा राष्ट्र बैंकले कायम गरेको छ ।

यस्तै,शुक्रबार जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ८६ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ९१ पैसा , साउदी अरेवियन रियालको खरिददर ३५ रूपैयाँ २१ पैसा र बिक्री दर ३५रूपैयाँ ३७ पैसा , कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ १४ पैसा र बिक्री दर ३६ रूपैयाँ ३१ पैसा र मलेसियन रिंगिट एकको खरिद दर २९ रूपैयाँ ९९ पैसा र बिक्री दर ३० रूपैयाँ १२ पैसा राष्ट्र बैंकले तोकेको छ ।

त्यसैगरी, शुक्रबार कुवेती दिनार एकको खरिदमूल्य ४३१ रुपैयाँ १७ पैसा र बिक्री मूल्य ४३३ रुपैयाँ १३ पैसा, बहराइन दिनार एकको खरिददर ३५० रुपैया ३८ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ९७ पैसा, साउथ कोरियाली वोन एक सयको खरिद मूल्य १० रुपैयाँ २७ पैसा र बिक्री मूल्य १० रुपैयाँ ३१ पैसा राष्ट्र बैंकले तोकेको छ । सम्रगमा आजको विनिमयदर हेर्दा खेरीकेही देशको मुद्रा विनिमयदर बिहीबार तुलनामा घटेको देखिन्छ भने केही देशको मुद्राको मूल्य बढेको छ ।

 

You might also like

Comments are closed.