सोमबार अमेरिकी डलरको मूल्य स्थिर, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं ।  साताको दोस्रो कारोबार दिन सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । नेपाल राष्ट्र बंकले बैँकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ २४ पैसा र बिक्री दर १३२ रूपैयाँ ८४ पैसा कायम भएको छ । आइतबार पनि अमेरिकी डलरको मूल्य सोही मूल्यमा नै कारोबार भएको थियो ।

त्यस्तै, आज युरो एकको खरिद मूल्य १४१ रूपैयाँ ४२ पैसा र बिक्री मूल्य १४२ रूपैयाँ ०७ पैसा, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा, बेलायती पाउण्ड एकको खरिदमूल्य १५९रूपैयाँ १८ पैसा र बिक्रीमूल्य १५९ रूपैयाँ ९० पैसा, अष्ट्रेलियन डलरको खरिद दर ९० रूपैयाँ ९८ पैसा र बिक्रीदर ९१ रूपैयाँ ३९ पैसा राष्ट्र बैंकले कायम गरेको छ ।

यस्तै, सोमबार जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ८६ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ९० पैसा , साउदी अरेवियन रियालको खरिददर ३५ रूपैयाँ २६ पैसा र बिक्री दर ३५ रूपैयाँ ४२ पैसा , कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ १० पैसा र बिक्री दर ३६ रूपैयाँ २७ पैसा र मलेसियन रिंगिट एकको खरिद दर २९ रूपैयाँ ८४ पैसा र बिक्री दर २९ रूपैयाँ ९७ पैसा राष्ट्र बैंकले तोकेको छ ।

सम्रगमा आजको विनिमयदर हेर्दा खेरीकेही देशको मुद्रा विनिमयदर घटेको देखिन्छ भने केही देशको मुद्राको मूल्य बढेको छ भने अमेरिकी डलरसहित केही देशको मुद्राविनिमय दर स्थिर रहेको छ ।

You might also like

Comments are closed.