काठमाडौं । सोमबार स्थिर रहेको अमेरिकी डलरको मूल्य मंगलबार भने घटेको छ । नेपाल राष्ट्र बंकले बैँकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा रहेको छ । सोमबारको तुलनामा मंगलबारको अमेरिकी डलरको मूल्य केही पैसा घटेको छ ।
त्यस्तै, आज युरो एकको खरिद मूल्य १४१ रूपैयाँ ११ पैसा र बिक्री मूल्य १४१रूपैयाँ ७५ पैसा, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा, बेलायती पाउण्ड एकको खरिदमूल्य १५८रूपैयाँ ८८ पैसा र बिक्रीमूल्य १५९ रूपैयाँ ५८ पैसा, अष्ट्रेलियन डलरको खरिद दर ९१ रूपैयाँ १५ पैसा र बिक्रीदर ९१ रूपैयाँ ५६ पैसा राष्ट्र बैंकले कायम गरेको छ ।
यस्तै, मंगलबार जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ८५ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ८९ पैसा , साउदी अरेवियन रियालको खरिददर ३५ रूपैयाँ २१ पैसा र बिक्री दर ३५ रूपैयाँ ३७ पैसा , कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ १४ पैसा र बिक्री दर ३६ रूपैयाँ ३१ पैसा र मलेसियन रिंगिट एकको खरिद दर २९ रूपैयाँ ८१ पैसा र बिक्री दर २९ रूपैयाँ ९४ पैसा राष्ट्र बैंकले तोकेको छ ।
सम्रगमा मंगलबारको विनिमयदर हेर्दा खेरीकेही देशको मुद्रा विनिमयदर घटेको देखिन्छ भने केही देशको मुद्राको मूल्य बढेको छ ।
Comments are closed.