काठमाडौं । नेपाल राष्ट्र बंकले बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बंकले बैँकले बुधबार सार्वजनिक गरेको मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ १७ पैसा र बिक्री दर १३२ रूपैयाँ ७७ पैसा रहेको छ । मंगलबारको तुलनामा बुधबार अमेरिकी डलरको मूल्य केही पैसा महंगिएको छ ।
त्यस्तै, आज युरो एकको खरिद मूल्य १४० रूपैयाँ ८८ पैसा र बिक्री मूल्य १४१रूपैयाँ ५२ पैसा, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा, बेलायती पाउण्ड एकको खरिदमूल्य १५९ रूपैयाँ ८६ पैसा र बिक्रीमूल्य १६० रूपैयाँ ५९ पैसा, अष्ट्रेलियन डलरको खरिद दर ९० रूपैयाँ ९९ पैसा र बिक्रीदर ९१ रूपैयाँ ४१ पैसा राष्ट्र बैंकले कायम गरेको छ । हिजोको तुलनामा आज युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ भने बेलायती पाउण्ड मूल्य बढेको छ ।
यस्तै, बुधबार जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ८२ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ८६ पैसा , साउदी अरेवियन रियालको खरिददर ३५ रूपैयाँ २४ पैसा र बिक्री दर ३५ रूपैयाँ ४० पैसा , कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ २२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९पैसा र मलेसियन रिंगिट एकको खरिद दर २९ रूपैयाँ ८२ पैसा र बिक्री दर २९ रूपैयाँ ९५पैसा राष्ट्र बैंकले तोकेको छ ।
सम्रगमा बुधबारको विदेशी मुद्रा विनिमयदर हेर्दा खेरीकेही देशको मुद्रा विनिमयदर घटेको देखिन्छ भने केही देशको मुद्राको मूल्य बढेको छ ।
Comments are closed.