काठमाडौं । नेपाल राष्ट्र बंकले बैँकले आइतबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बंकले बैँकले आइतबार सार्वजनिक गरेको मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ११ पैसा र बिक्री दर १३२ रूपैयाँ ७१ पैसा रहेको छ । साताको पहिलो कारोबारको दिन आइतबार अमेरिकी डलरको मूल्य शुक्रबारको तुलनामा केही पैसाले मंहगिएको छ ।
त्यस्तै,आइतबार युरो एकको खरिद मूल्य १३९ रुपैयाँ ८५ पैसा र बिक्रीमूल्य १४०रूपैयाँ ४९ पैसा, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा, बेलायती पाउण्ड एकको खरिदमूल्य १५८ रूपैयाँ ९२ पैसा र बिक्रीमूल्य १५९ रूपैयाँ ६४ पैसा, अष्ट्रेलियन डलरको खरिद दर ८९ रूपैयाँ ३६ पैसा र बिक्रीदर ९० रूपैयाँ ०४ पैसा राष्ट्र बैंकले कायम गरेको छ ।
यस्तै, आइतबार जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ७८ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ८२ पैसा , साउदी अरेवियन रियालको खरिददर ३५ रूपैयाँ २१पैसा र बिक्री दर ३५ रूपैयाँ ३७ पैसा , कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ २० पैसा र बिक्री दर ३६ रूपैयाँ ३६पैसा र मलेसियन रिंगिट एकको खरिद दर २९ रूपैयाँ ७८ पैसा र बिक्री दर २९ रूपैयाँ ९२ पैसा राष्ट्र बैंकले तोकेको छ ।
सम्रगमा आइतबारको विदेशी मुद्रा विनिमयदर हेर्दा केही देशको देशको पैसाको बढेको घटेको देखिन्छ भने केही देशको मुद्राको मूल्य घटेको छ ।
Comments are closed.