काठमाडौं । नेपाल राष्ट्र बंकले बैँकले मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सोमबार स्थिर रहेको अमेरिकी डलरको मूल्य मंगलबार भने बढेको छ ।
राष्ट्र बंकले बैँकले मंगलबार सार्वजनिक गरेको मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ २४ पैसा र बिक्री दर १३२ रूपैयाँ ८४ पैसा रहेको छ ।
त्यस्तै, मंगलबार युरो एकको खरिद मूल्य १३९ रुपैयाँ ६९ पैसा र बिक्रीमूल्य १४० रूपैयाँ ३२ पैसा, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा, बेलायती पाउण्ड एकको खरिदमूल्य १५८ रूपैयाँ ४४ पैसा र बिक्रीमूल्य १५९ रूपैयाँ १६ पैसा, अष्ट्रेलियन डलरको खरिद दर ८८ रूपैयाँ ८२ पैसा र बिक्रीदर ८९ रूपैयाँ २२ पैसा राष्ट्र बैंकले कायम गरेको छ । आज युरो र बेलायती पाउण्डको मूल्य बढेको छ ।
यस्तै, मंगलबार जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ७० पैसा र बिक्री मूल्य ९ रुपैयाँ ७२ पैसा , साउदी अरेवियन रियालको खरिददर ३५ रूपैयाँ २३पैसा र बिक्री दर ३५ रूपैयाँ ३९ पैसा , कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ २३ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९पैसा र मलेसियन रिंगिट एकको खरिद दर २९ रूपैयाँ ५३पैसा र बिक्री दर २९ रूपैयाँ ६६ पैसा राष्ट्र बैंकले तोकेको छ । मंगलबार अमेरिकी डलरसहित केही देशको मुद्रा बढेको छ भने केही देशको मूल्य घटेको छ ।
Comments are closed.