काठमाडौं । नेपाल राष्ट्र बंकले बैँकले बुधबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। मंगलबार बढेको अमेरिकी डलरको मूल्य बुधबार भने केही पैसा सस्तिएको छ ।
राष्ट्र बंकले बैँकले बुधबार सार्वजनिक गरेको मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ९७ पैसा र बिक्री दर १३२ रूपैयाँ ५७ पैसा रहेको छ ।
त्यस्तै, बुधबार युरो एकको खरिद मूल्य १४० रुपैयाँ ०५ पैसा र बिक्रीमूल्य १४० रूपैयाँ ६९ पैसा, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा, बेलायती पाउण्ड एकको खरिदमूल्य १५९रूपैयाँ ७१ पैसा र बिक्रीमूल्य १६० रूपैयाँ ४४ पैसा, अष्ट्रेलियन डलरको खरिद दर ८८ रूपैयाँ ८५ पैसा र बिक्रीदर ८९ रूपैयाँ २५ पैसा राष्ट्र बैंकले कायम गरेको छ ।
यस्तै, बुधबार जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ६५ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ७० पैसा , साउदी अरेवियन रियालको खरिददर ३५ रूपैयाँ १७ पैसा र बिक्री दर ३५ रूपैयाँ ३३ पैसा , कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ १६ पैसा र बिक्री दर ३६ रूपैयाँ ३२पैसा र मलेसियन रिंगिट एकको खरिद दर २९ रूपैयाँ ४१ पैसा र बिक्री दर २९ रूपैयाँ ५४ पैसा राष्ट्र बैंकले तोकेको छ । बुधबार अमेरिकी डलरसहित केही देशको मुद्रा घटेको छ भने केही देशको मूल्य बढेको छ ।
Comments are closed.