काठमाडौं । नेपाल राष्ट्र बंकले बैँकले बिहीबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
राष्ट्र बंकले बैँकले बिहीबारसार्वजनिक गरेको मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ७१ पैसा र बिक्री दर १३२ रूपैयाँ ३१ पैसा रहेको छ । बुधबारको तुलनामा बिहीबार केही पैसाले अमेरिकन डलर पुनः सस्तिएको छ ।
त्यस्तै, आज युरो एकको खरिद मूल्य १४० रुपैयाँ २८ पैसा र बिक्रीमूल्य १४० रूपैयाँ ०९ पैसा, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा, बेलायती पाउण्ड एकको खरिदमूल्य १५८रूपैयाँ ३७ पैसा र बिक्रीमूल्य १५९रूपैयाँ ०९ पैसा, अष्ट्रेलियन डलरको खरिद दर ८९ रूपैयाँ ०३पैसा र बिक्रीदर ८९ रूपैयाँ ४३ पैसा राष्ट्र बैंकले कायम गरेको छ । हिजोको तुलनामा युरो र अष्ट्रेलियन डलरको मूल्य केही पैसा महंगिएको छ भने बेलायती पाउण्डको मूल्य घटेको छ ।
यस्तै, बिहीबार जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ७० पैसा र बिक्री मूल्य ९ रुपैयाँ ७४ पैसा , साउदी अरेवियन रियालको खरिददर ३५ रूपैयाँ १०पैसा र बिक्री दर ३५ रूपैयाँ २६पैसा , कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ०६ पैसा र बिक्री दर ३६ रूपैयाँ २३ पैसा र मलेसियन रिंगिट एकको खरिद दर २९ रूपैयाँ ४५ पैसा र बिक्री दर २९ रूपैयाँ ५८ पैसा राष्ट्र बैंकले तोकेको छ । बिहीबार अमेरिकी डलरसहित केही देशको मुद्राको मूल्य घटेको छ भने केही देशको पैसाको मूल्य बढेको छ ।
Comments are closed.