अमेरिकी डलरसहित बुधबार कुन देशको पैसा कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाल राष्ट्र बैँकले बुधबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बंकले बैँकले बुधबार सार्वजनिक गरेको मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ७६ पैसा र बिक्री दर १३१ रूपैयाँ ३६पैसा रहेको छ ।

त्यस्तै, बुधबार युरो एकको खरिद मूल्य १३९ रुपैयाँ ४५ पैसा र बिक्रीमूल्य १४० रूपैयाँ ०९ पैसा, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्रीदर १६० रूपैयाँ १५ पैसा, बेलायती पाउण्ड एकको खरिदमूल्य १५७ रूपैयाँ ०८ पैसा र बिक्रीमूल्य १५७रूपैयाँ ८० पैसा, अष्ट्रेलियन डलरको खरिद दर ८७ रूपैयाँ २५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ६५पैसा राष्ट्र बैंकले कायम गरेको छ ।

यस्तै, बुधबार जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ६२ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ६६ पैसा , साउदी अरेवियन रियालको खरिददर ३४ रूपैयाँ ८४ पैसा र बिक्री दर ३५ रूपैयाँ , कतारी रियाल एकको खरिद दर ३५ रूपैयाँ ८४ पैसा र बिक्री दर ३६रूपैयाँ ०१ पैसा र मलेसियन रिंगिट एकको खरिद दर २९ रूपैयाँ २४ पैसा र बिक्री दर २९ रूपैयाँ ३७ पैसा राष्ट्र बैंकले तोकेको छ । बुधबार केही देशको पैसाको मूल्य घटेको छ भने केही देशको पैसाको मूल्य बढेको छ ।

You might also like

Comments are closed.