सोमबार अमेरिकी डलरको मूल्य स्थिर, कुन देशको पैसा कतिमा हुँदैछ कारोबार ?

सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ७९ पैसा र बिक्री दर १३२ रुपैयाँ ३९ पैसा रहेको छ। आइतबार पनि अमेरिकी डलरको मूल्य सोही मूल्यमा खरिद बिक्री भएको थियो ।

त्यस्तै, आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा, युरो एकको खरिद दर १४० रुपैयाँ ५९ पैसा र बिक्री दर १४१ रुपैयाँ २३ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ४८पैसा र बिक्री दर १६१ रुपैयाँ २१पैसा रहेको छ ।

त्यसैगरी, सोमबार अष्ट्रेलियन डलरको खरिद दर ८८रूपैयाँ २५ पैसा र बिक्रीदर ८८ रूपैयाँ ६५ पैसा, जापानिज येन १० को खरिद मूल्य १० रुपैयाँ र बिक्री मूल्य १० रुपैयाँ ०४ पैसा , साउदी अरेवियन रियालको खरिददर ३५ रूपैयाँ ०९ पैसा र बिक्री दर ३५ रूपैयाँ २५ पैसा , कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९८ पैसा र बिक्री दर ३६ रुपैयाँ १४ पैसा र मलेसियन रिंगिट एकको खरिद दर २९ रूपैयाँ ३८ पैसा र बिक्री दर २९ रूपैयाँ ५२ पैसा राष्ट्र बैंकले तोकेको छ ।

jutta mela

आइतबारको तुलनामा सोमबार विदेशी मुद्रादर सम्रमा हेर्दाखेरी सोमबार अमेरिकी डलरसहित केही देशको पैसा स्थिर रहेको छ भने केही देशको मूल्य बढ्नुका साथै केही देशको पैसाको मूल्यमा केही पैसा गिरावट आएको छ ।

You might also like

Comments are closed.