आज अमेरिकी डलर, युरोसहित कुन देशको पैसा कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार स्थिर रहेको अमेरिकी डलरको मूल्य मंगलबार भने घटेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ५० पैसा र बिक्री दर १३२ रुपैयाँ १० पैसा रहेको छ।सोमबारको तुलनामा मंगलबार अमेरिकी डलरको मूल्य घटेको छ ।

त्यस्तै, आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६१ रुपैयाँ १५ पैसा, युरो एकको खरिद दर १४१ रुपैयाँ ५६पैसा र बिक्री दर १४२ रुपैयाँ ३१ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ १७ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९० पैसा राष्ट्र बैंकले तोकेको छ ।

त्यसैगरी, मंगलबार अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४० पैसा र बिक्रीदर ८७ रूपैयाँ ८० पैसा, जापानिज येन १० को खरिद मूल्य १० रुपैयाँ र बिक्री मूल्य १० रुपैयाँ ०४ पैसा , साउदी अरेवियन एक रियालको खरिददर ३५ रूपैयाँ र बिक्री दर ३५ रूपैयाँ १६पैसा , कतारी रियाल एकको मूल्य खरिद दर ३५ रुपैयाँ ८३ पैसा र बिक्री दर ३६ रुपैयाँ र मलेसियन रिंगिट एकको खरिद दर २९ रूपैयाँ ७४ पैसा र बिक्री दर २९ रूपैयाँ ८८ पैसा राष्ट्र बैंकले तोकेको छ ।

jutta mela

समग्रमा साताको तेस्रो कारोबारको दिन मंगलबार केही देशको पैसाको मूल्य घटेको छ भने केही देशको पैसाको मूल्य बढेको छ ।

 

You might also like

Comments are closed.