के तपाई विदेशी पैसा साट्न जादैँ हुनुहुन्छ ? यस्तो छ आजको मुद्रा विनिमयदर !

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ २१ पैसा र बिक्री दर १३१ रुपैयाँ ८१ पैसा रहेको छ।

मंगलबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ५० पैसा र बिक्री दर १३२ रुपैयाँ १० पैसा रहेको थियो । मंगलबारको तुलनामा बुधबार अमेरिकी डलरको मूल्य पुनः घटेको छ ।

त्यस्तै, आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६१ रुपैयाँ १५ पैसा, युरो एकको खरिद दर १४१ रुपैयाँ ९७ पैसा र बिक्री दर १४२ रुपैयाँ ६२ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ५० पैसा र बिक्रीदर १६२ रुपैयाँ २४ पैसा राष्ट्र बैंकले तोकेको छ । मंगलबारको तुलनमा बुधबार युरो र बेलायती पाउण्डको मूल्य बढेको छ ।

jutta mela

त्यसैगरी, बुधबार अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८७ रूपैयाँ ९६ पैसा, जापानिज येन १० को खरिद मूल्य १० रुपैयाँ ०२ पैसा र बिक्री मूल्य १० रुपैयाँ ०७पैसा , साउदी अरेवियन एक रियालको खरिददर ३४ रूपैयाँ ९३ पैसा र बिक्री दर ३५ रूपैयाँ ०९पैसा , कतारी रियाल एकको मूल्य खरिद दर ३५ रुपैयाँ ७६ पैसा र बिक्री दर ३५ रुपैयाँ ९२ र मलेसियन रिंगिट एकको खरिद दर २९ रूपैयाँ ८१ पैसा र बिक्री दर २९ रूपैयाँ९५ पैसा राष्ट्र बैंकले तोकेको छ ।

समग्रमा साताको चौथो कारोबारको दिन बुधबार केही देशको पैसाको मूल्य घटेको छ भने केही देशको पैसाको मूल्य बढेको छ ।

You might also like

Comments are closed.