काठमाडौं । डोङफेङमोटरले इजिप्टको कायरोमा आयोजना गरिएको एक विशेष कार्यक्रममा आफ्ना नौ वटा नयाँ मोडेल आधिकारिकरूपमा सार्वजनिक गरेको छ । उक्त कार्यक्रममा “East Wind Infinite World” भन्ने थिममा इजिप्टइन्टरनेशनल एक्जिबिसन सेन्टरमा सम्पन्न भएको थियो ।
यस कार्यक्रममा इजिप्टको बजारका लागि कम्प्याक्ट एसयुभी, सेडानहरूका साथै अत्याधुनिक इलेक्ट्रिक र हाइब्रिडगाडीहरू प्रस्तुत गरिएको थियो । प्रस्तुत गरिएका मोडेलहरूमा MAGE ICE र SHINE ICE समावेश थिए भने DONGFENG BOX, DONGFENG 007, MAGE EV, VOYAH FREE, VOYAH DREAM, VOYAH PASSION र MHERO 917 जस्ता इलेक्ट्रिक तथा हाइब्रिड गाडीहरू पनि प्रदर्शन गरिएको थियो ।
उद्घाटन कार्यक्रममा सरकारी अधिकारीहरू, व्यवसायी र अटोमोबाइल प्रेमीहरूको ठूलो सहभागिता रहेको थियो । आगन्तुकहरूले नयाँ डिजाइनहरू नजिकै बाट हेर्ने, नवीनतम प्रविधिबारे बुझ्नेर डिस्प्ले गरिएका गाडीहरूको अनुभव लिने अवसर पाएका थिए । प्रदर्शनीका विभिन्न क्षेत्रहरूमा डोङफेङका परम्परागत देखि लिएर न्यू इनर्जी गाडीहरू विशेष रूपमा प्रदर्शन गरिएका थिए ।
यस लन्चसँगै डोङफेङ मोटरले इजिप्टको बजारमा औपचारिक प्रवेश गर्दैआधुनिक मोबिलिटी सोलुसन्सको बढ्दो माग पूरागर्न विविध उत्पादनहरूको श्रृंखला प्रस्तुत गरेको छ । नौ वटा मोडेलको यसलन्चले कम्पनीले परम्परागत र न्यूइनर्जी गाडीहरू दुवै प्रकारका ग्राहकहरूका आवश्यकतालाई मिल्ने गरी प्रस्तुत गरेको प्रष्ट भएको छ ।
यस लन्चकार्यक्रमलाई डोङफेङको अन्तर्राष्ट्रिय उपस्थिति विस्तारगर्ने र इजिप्टको अटो मोबाइल बजार सँग अझ बलियो सम्बन्ध बनाउने दिशामा महत्वपूर्ण कदमको रूपमा हेरिएको छ ।
Comments are closed.