काठमाडौैं । नेपालका लागि डोङफेङ नामी इलेक्ट्रिक सवारी साधनको आधिकारिक आयातकर्ता तथा वितरक एमएडब्लु वृद्धि मोटर्स प्रा. लि.ले नामी बक्स र नामी भिगोका लागि ‘एमएडब्लु वृद्धि एक्टेन्डेड वारेन्टी कार्यक्रम’ सार्वजनिक गरेको छ ।
कम्पनीले नामी बक्स र नामी भिगो मोडलका लागि ‘एमएडब्लु वृद्धि एक्टेन्डेड वारेन्टी कार्यक्रम’ लागू गरेको जानकारी दिएको हो । यस कार्यक्रमअन्तर्गत ब्याट्री र मोटरमा अब कुल ११ वर्ष वा २,५०,००० किलोमिटर (जुन पहिले आउँछ) सम्म वारेन्टी कभरेज प्रदान गरिनेछ ।
यसअघि डोङफेङका ईभी सवारी साधनहरूमा ८ वर्ष वा २,००,००० किलोमिटर (जुन पहिले आउँछ) सम्मको स्ट्यान्डर्ड उत्पादक वारेन्टी उपलब्ध थियो । नयाँ कार्यक्रमले थप तीन वर्ष वा ५०,००० किलोमिटर अतिरिक्त सुरक्षा प्रदान गर्दै ग्राहकलाई दीर्घकालीन ढुक्कता र आत्मविश्वास दिने कम्पनीको दाबी छ।
एमएडब्लु वृद्धि मोटर्सका प्रबन्ध निर्देशक विवेक सिकारियाले ग्राहक-केन्द्रित सेवामा कम्पनी प्रतिबद्ध रहेको उल्लेख गर्दै यो योजना नामी ग्राहकहरूका लागि थप मानसिक शान्ति र सुरक्षित ईभी स्वामित्व सुनिश्चित गर्ने महत्वपूर्ण कदम भएको बताए ।
डोङफेङ मोटर कर्पोरेशन चीनका “बिग फोर” सरकारी स्वामित्वका अटोमोबाइल निर्मातामध्ये एक हो । सन् १९६९ मा स्थापना भएको कम्पनीले पाँच दशकभन्दा बढीको अनुभवसहित ‘गुणस्तर, बौद्धिकता र सद्भाव’का मूल्यमान्यतामा आधारित सेवा प्रदान गर्दै आएको छ । हाल कम्पनीले विश्वका १०० भन्दा बढी देशमा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ र फर्च्युन ग्लोबल ५०० सूचीमा समेत समावेश छ ।
कम्पनीका अनुसार ग्राहकहरूले ‘एमएडब्लु वृद्धि एक्टेन्डेड वारेन्टी कार्यक्रम’मा सहभागी हुन डोङफेङ नेपालको आधिकारिक वेबसाइटमार्फत दर्ता गर्न सक्नेछन् ।






Comments are closed.