८ करोड लगानीमा विमानस्थल कालोपत्रे भएपछि डोटीमा १० वर्षपछि यसरी उड्यो समिटको जहाज

 

डोटी । लामो समयदेखि बन्द अवस्थामा रहेको दिपायल विमानस्थलमा शुक्रबारदेखि साप्ताहिकरुपमा हवाइ सेवा शुरु भएको छ । समिट एयरले दिपायलदेखि धनगढीका लागि हप्तामा एकपटक उडान शुरु गरेको हो ।

बिहीबार पहिलो उडानमार्फत सो एयसले १३ जना यात्रु बोकेर धनगढीका लागि उडान भरेको हो । डोटीबाट निर्वाचित संघीय सासद प्रेमबहादुर आलेमगरको पहलमा दिपायल विमानस्थलको स्तरोन्नति गरिएसँगै बन्द भएको दश वर्षपछि बिहीबार पहिलो उडान भएको हो ।

नेपाल सरकारको रु ८ करोडको लगानीमा विमानस्थल कालोपत्रे तथा अन्य सामग्रीहरु निर्माण गरिएपछि निजी क्षेत्रको हवाइ कम्पनी समिट एअरले बिहीबारबाट दिपायलदेखि धनगढी सम्म उडान भर्ने सहमति अनुसार पहिलो उडान गरिएको दिपायल विमानस्थलका कर्मचारी जगन्नाथ साउदले बताए ।

समिट एयरका पाइलोट लाक्पा शेर्पाले नेपालका अन्य पहाडी जिल्लाका विमानस्थलभन्दा यो विमानस्थलमा उडान र अवतरण गर्न केही सहज हुने गरेको जनाए । तत्कालका लागि दिपायलबाट धनगढीका लागि प्रतिव्यक्ति रु तीन हजार २०० भाडा निर्धारण गरिएको छ । सातामा एक दिन शुक्रबार उडान हुने नागरिक उड्यन प्राधिकरण दिपायलका प्रमुख विशाल घिमिरेले जानकारी दिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.