डा. कर्ट र उनको ‘एफडीएच क्लिनिक’ छानविनमा

दीपा रेग्मी, काठमाडौं । डाक्टर कर्टका नामले परिचित डा. दिलजान मन्सुर र उनको क्लिनिक माथि नेपाल मेडिकल काउन्सिलले छानविन थालेको छ ।

काठमाडौंको मैतिदेवीमा ‘एफडीएच क्लिनिक’ सञ्चालन गर्दै आएका डा. कर्टको सेवा प्रभावकारी नभएको भन्दै उजुरी परेपछि उनी छानविनमा तानिएका हुन् । उनी र उनको क्लिनिक छानविनमा तानिएको र काउन्सिलले छानविन शुरू गरेको काउन्सिलका एक सदस्यले जानकारी दिए । ‘उहाँमाथि उजुरी परेको छ, हामीले कागजात उठाएर ल्याएका छौं,’ उनले भने । उनले डा. कर्टको उपचार सेवा लिँदा एकै खालको परामर्श र डाइट प्लान दिँदा धेरै थप बिरामी परेको गुनासो आएको बताए । उनले भने, ‘अहिले छनविन हुँदैछ, भएको के हो एकिन भन्न सकिने अवस्था छैन ।’

उनले आफ्नो क्लिनिकमा २५ देखि ३० जना एकै ठाउँ जम्मा गरेर १ घण्टा क्लास दिने र त्यसकै आधारमा डाइट प्लान सिफारिश गर्दै आएको पाइएको छ । पीडितहरूले उनको परामर्श पछि झनै डरलाग्दो स्वास्थ्य समस्या देखिएको बताएका छन् । काउन्सिलमा दिएको उजुरीमा पीडितहरूले भनेका छन्, ‘उनले एक पटकमा २५–३० जनालाई एउटै कोठामना राखेर कक्षा लिन्छन् र सबैलाई फ्याट र प्रोटिन बढी खान सल्लाह दिन्छन् ।’ उनले परामर्श वापत प्रतिव्यक्ति १० हजार रुपैयाँ र ल्याब टेस्टको ६ हजार दिने गरेका छन् ।

पीडितहरूले उनको निर्देशन पालना गर्दा ग्याष्ट्रिक, मुटुमा समस्या, सुगरमा गढावढी हुने समस्या देखिएको उनीहरूको गुनासो छ । बिरामीले समस्या पर्दा डाक्टरलाई सम्पर्क गर्दा दुव्र्यवहार गरेको उनीहरूको गुनासो छ ।

You might also like

Comments are closed.