काठमाडौं । काठमाडौंको सिफलमा ड्रिम इन्टरनेशनल एजुकेसनल सर्भिसेस संचालनमा आएको छ । विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श प्रदान गर्न ड्रिम इन्टरनेशनल एजुकेसनल सर्भिसेज संचालन गरिएको बताइएको छ ।
बिशेषगरि अध्ययनका लागि यु के, युएसए, अष्ट्रेलिया र क्यानडा जान चाहने विद्यार्थीलाई मध्यनजर गरेर ड्रिम इन्टरनेशनल एजुकेसनल सर्भिसेसले परामर्श प्रदान गर्नेछ ।
विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई सही परामर्श प्रदान गर्ने उदेश्यले ड्रिम इन्टरनेशनल एजुकेसनल सर्भिसेस संचालन गरिएको सिइओ संगिता पन्तले जानकारी दिइन् । अलमलमा परेका विद्यार्थीलाई सत्य तथ्य जानकारी तथा सहि परामर्श हामी दिन्छौं, उनले भनिन् । आइएलटिएस र पिटिइका कक्षा संचालन गरिने पनि उनले बताइन् ।
Comments are closed.