ठुलो मात्रामा लागूऔषध गाँजा सहित २ जना पक्राउ

पोखरा ।
पोखराको बिभिन्न स्थानमा लागूऔषध बिक्रीबितरण, ओसारपसार हुने गरेको भन्ने गोप्य सुचनाको आधारमा कास्की प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्रउ पर्नेमा तनहुँ शुक्ला गण्डकी घर भई हाल पोखरा १७ बस्ने संजोक वि.क र पोखरा १७ का शिलास वि.क रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्की र मातहत प्रहरी कार्यालय प्रहरी चौकी भरतपोखरीबाट खटिएको बिशेष टोलीले  भदौ १४ गते राति साढे १० बजे सवारी साधन चेकजाँचका क्रममा उनिहरुलाई पक्राउ गरेको हो। मोटरसाइकलमा सवार उनिहरुले बोकेको झोलामा लागूऔषध गाँजा ६ के।जी। १०० ग्राम र लागूऔषध तौल गर्ने मेसिन १ थान समेत फेला परेको प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.