नेपाल दालमोठ उत्पादक संघको २० औँ साधारण सभा सफलतापूर्वक सम्पन्न भएको अवसरमा म हार्दिक शुभकामना व्यक्त गर्दछु । यो साधारण सभा केवल औपचारिक कार्यक्रम मात्र नभई, नेपाली दालमोठ उद्योगलाई संस्थागत रूपमा अझ सबल, व्यवस्थित र प्रतिस्पर्धी बनाउने दिशामा महत्वपूर्ण उपलब्धि हो । नेपाल दालमोठ उत्पादक संघले देशभर छरिएर रहेका दालमोठ उद्योगी तथा व्यवसायीहरूलाई एउटै छातामुनि ल्याउँदै संस्थालाई अझै सशक्त र बलियो बनाउँदै लैजानेछ भन्ने अपेक्षा मैले लिएको छु ।
आजको खुला बजार अर्थतन्त्रमा गुणस्तर नै प्रतिस्पर्धाको मुख्य आधार हो । उद्योगी व्यवसायीहरूले उत्पादनको मात्रा मात्र होइन, गुणस्तरमा पनि विशेष ध्यान दिनु आवश्यक छ । विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने स्तरको दालमोठ नेपालमै उत्पादन गर्न सकियो भने नेपाली उत्पादनप्रति उपभोक्ताको विश्वास अझ मजबुत हुनेछ । स्वदेशी उत्पादनले बजार विस्तार गर्नुका साथै रोजगारी सिर्जना र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पु¥याउनेछ । गुणस्तरीय खाद्य वस्तु उपभोग गर्न पाउने अधिकार उपभोक्ताको मौलिक अधिकार हो । त्यस अधिकारको सम्मान गर्दै सुरक्षित, स्वच्छ र मापदण्डअनुसारका खाद्यान्न उत्पादन गर्नु उद्योगीको जिम्मेवारी पनि हो । नेपालमै उच्च गुणस्तरका दालमोठ उत्पादन भई देशभित्र मात्र होइन, निर्यातको सम्भावनासमेत विस्तार होस् भन्ने मेरो अपेक्षा छ ।



Comments are closed.